Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हनी बनी’ मा सारा पक्का, अनमोलसँग बाँधिनेछ जोडी

फिल्मीखबर, काठमाडौं, 2022/02/22
sara shirpali
 
आइतवार फिल्मीखबरले गोप्य स्रोतको जानकारीको आधारमा फिल्म ‘हनी बनी’ मा अभिनेता अनमोल केसी र अभिनेत्री सारा सिर्पालीले पहिलो पटक एकसाथ अभिनय गर्न लागेको खबर सार्वजनिक गरेको थियो । अन्ततः यो खबर सत्य निस्किएको छ । सोमवार निर्माण टिमले सारासँग कागजी सम्झौता गरेको छ । अनमोल भने गत महिना नै फिल्ममा अनुबन्धित भइसकेका छन् ।
 
निर्देशक दीवाकर भट्टराईले फिल्मको चरित्रमा फिट हुने भएकै कारण सारालाई अनुबन्ध गरेको जानकारी दिए । फिल्ममा उनी यूकेमा बस्ने नेपाली युवतीको भूमिकामा प्रस्तुत हुने बताइएको छ । निर्देशक भट्टराईकी श्रीमती तथा अभिनेत्री दीपिका प्रसाईंले सारालाई ‘हनी बनी’ अफर गरेकी थिइन् । स्क्रिप्ट र आफ्नो चरित्र मन परेपछि साराले फिल्म साइन गरेको जानकारी प्राप्त छ ।
 
चार वर्ष अगाडि अनमोल र साराको प्रेम चर्चा चलेको थियो । उनीहरु इन्स्टाग्रामको माध्यमबाट एकअर्कासँग जोडिएको र साराको जन्मदिन मनाउन अनमोल नगरकोटसम्म पुगेको गसिप मिडियामा लामो समय छायो । तर, बजारभरी र मिडियाभरी प्रेमको चर्चा चलेपछि दुवैले यो कुराको खण्डन गरेका थिए । बुझिएअनुसार, नम्रता श्रेष्ठपछि अनमोललाई मनपर्ने अभिनेत्री सारा सिर्पाली हुन् । 
 
फिल्ममा अनमोल र सारासँगै सलोन बस्नेतको पनि अभिनय रहनेछ । आगामी मार्च (चैत) बाट छायांकनमा निस्कने फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । ७ करोड लागत अनुमान गरिएको फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ । यूकेमा छायांकन हुने फिल्ममा अमित बस्नेत, अजितकुमार थापा र परी राना निर्माता र अंकित गौतम कार्यकारी निर्मातामा छन् ।
Most Visited News (monthly)