Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पलले चुपचाप गरिदिए पूजाको नाममा जिन्दगी (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2022/02/21
paul shah and pooja sharma
 
यही फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस वर्षको आशातित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘चुपचाप जिन्दगी’ बोलको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द तथा संगीत अर्जुन पोखरेलको हो । थारु र नेवारी प्रमोशनल गीतबाहेक फिल्ममा समावेश सम्पूर्ण गीतहरुमा अर्जुनले नै संगीत भरेका छन् । 
 
गीतको लिरिकल भिडियोमा फिल्मभित्रका अचल दृश्यहरु समावेश गरिएको छ । फिल्ममा यो गीत कथावाचनको रुपमा प्रयोग भएको भिडियोले बुझाउँछ । सुदर्शन थापाले निर्देशन गर्ने फिल्महरुमा गीत-संगीतलाई विशेष प्राथमिकता दिने गरेको पाइन्छ । दर्शकको नाडी छामेर मनछुने प्रेमकथा पस्किन माहिर मानिने सुदर्शनले गीत छनोट गर्ने मामलामा निकै ध्यान दिने गरेका छन् । 
 
‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारहरुको अभिनय छ । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको फिल्मलाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् । 
 

Most Visited News (monthly)