Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाबालिग गायिकाद्वारा पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी

फिल्मीखबर, काठमाडौं, 2022/02/23
१७ वर्षिय नाबालिग गायिकाले नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । बुधवार गायिकाले जबर्जस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी हुन् । गायिका प्रहरीमा उजुरी दिन दिदी र भिनाजुको साथमा पुगेकी थिइन् ।
 
 
यसअघि पनि ति गायिकाले पलविरुद्ध उजुरी दिने तयारी गरेकी थिइन् । तर, उनले प्रहरीमा उजुरी दिन लागेको सूचना पाएपछि पल शाह उनलाई फकाउन पोखरा पुगेका थिए । त्यहाँ उनीहरुबीच सहमति भएको खबर बाहिर आएको थियो । तर, सोमवार अडियो रेकर्ड बाहिर आएपछि ति गायिकाले तनहुँको दमौली पुगेर उजुरी दिएकी हुन् । गायिकाले उजुरीमा कानून बमोजिम पल शाहलाई कडा सजायको माग गरेकी छन् ।
 
सोमवार सार्वजनिक भएको एक अडियो रेकर्डमा गायिकाले विवाहको अड्डी कसेकी थिइन् भने अर्को अडियो रेकर्डमा उनले पल शाहले आफूमाथि जबर्जस्ती करणीको प्रयास गरेको, मायाको नाटक गरेर धोका दिएको, परिवारको अगाडि विवाहको वाचा गरेर पन्छिन खोजेको बताएकी थिइन् । 
 
गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा नाबालिग गायिकामाथि पल शाहले पटक-पटक बलात्कार गरेको उल्लेख छ । कानुनअनुसार, १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै राखिएको शारिरिक सम्बन्ध पनि बलात्कार हो । तनहुँ प्रहरीले पल शाहलाई पक्राउ गर्न कानुनी प्रक्रिया थालिसकेको जानकारी प्राप्त छ ।
Most Visited News (monthly)