Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोषी भए सजाय भोग्न तयार छु : पल शाह

फिल्मीखबर, काठमाण्डौ, 2022/02/24
paul shah
 
बुधवार १७ वर्षिय नाबालिग गायिकाले जर्बजस्ती करणीको मुद्धामा तनहुँको दमौली प्रहरी कार्यालयमा उजुरी दिएपछि भूमिगत भएका अभिनेता पल शाहले बिहीवार फेसबुकमा एक स्टाटस लेख्दै आफू दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् । तर, आफूमाथि केही नजिकका सहकर्मी व्यक्तिहरुले नै नियोजित ढङ्गले षड्यन्त्र गरेको उनको दाबी छ । 
 
उनले लेखेका छन्, ‘अडियो क्लिपमा समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ ति सबै नियोजित र षड्यन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ ।’ पलले अडियो रेकर्डसहित दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले समीक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गरेको उल्लेख गरेका छन् ।
 
पलले स्टाटसमा ६ वटा अडियो रेकर्ड समावेश गरेका छन्, जसमा दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईसँगै समीक्षा अधिकारीको संवाद सुन्न सकिन्छ । अडियो सुन्दा उनीहरुले समीक्षालाई पलविरुद्ध उक्साएको देखिन्छ । यो अडियो रेकर्ड पलले बाहिर ल्याएसँगै बुधवारसम्म उनीमाथि खनिएका सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अहिले उनको पक्षमा देखिएका छन् ।
 

Most Visited News (monthly)