Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5929 - 5934 of 23769
फिल्मीखबर, काठमाडौं, 2022-02-28, सोमवार

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि चार दिनसम्म लुकेर बसेका अभिनेता पल शाहले आइतवार प्रहरीसमक्ष आत्मसमर्पण गरे । उनलाई हिजै प्रहरीले हतकडी लगाएर म्याद थपका लागि अदालत लगेको थियो । अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यतिबेला पल अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनरत छ ।

फिल्मीखबर, काठमाडौं, 2022-02-28, सोमवार

फिल्म मेकिङमा विशेष ध्यान दिने निर्देशक र निर्माता नेपालमा औंलामा गन्न सकिने मात्र छन् । प्रायः फिल्ममा निर्माताको खल्ती हेरेर निर्देशकले काम गर्नुपर्ने हुन्छ । जसले गर्दा कथावस्तुले मागेको कुरा पनि निस्कन पाउँदैन । फिल्म निर्माण गर्नुअघि ठूलो सपना देख्ने तर छायांकन सुरु भएपछि ‘डटपेन’ किन्नु पर्‍यो भने पनि सात्तो जाने प्रवृतिले प्रायः फिल्म कमजोर बन्ने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-02-28, सोमवार
फिल्मीखबर, काठमाडौं, 2022-02-28, सोमवार

नेपालमा हुने प्रायः फिल्म अवार्डहरु राजधानी केन्द्रिय भइरहेको समयमा विराटनगरमा ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्ट प्रा.लीले साइमन फिल्मस् मुम्बईको डिजाइनमा फर्स्ट ‘फ्लाएर्स फिल्म अवार्ड’ को आयोजना गर्ने भएको छ । आउँदो वर्षको बैशाख २४ गते विराटनगरमा आयोजना हुन लागेको अवार्डबारे आइतबार राजधानीमा पत्रकार सम्मेलनका बीच औपचारिक जानकारी गराइयो ।

फिल्मीखबर, काठमाण्डौ, 2022-02-27, आईतवार

१७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको मुद्धामा अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो । आइतवार आत्मसमर्पण गरेपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2022-02-27, आईतवार

अभिनेता पल शाहविरुद्ध पीडितले नवलपरासीको गैंडाकोट प्रहरी कार्यालयमा अर्को किटानी जाहेरी दिएकी छन् । आइतवार आफन्तहरुको साथमा पुगेकी उनले जबरजस्ती करणीसम्बन्धी कसूरमा पलविरुद्ध जाहेरी दिएकी हुन् । प्रहरीमा दर्ता गराइएको जाहेरी पत्रमा २०७७ चैत ७ गते गैंडाकोटको गैंडाकोट रिसोर्टमा जबरजस्ती करणी गरेको आरोप पल शाहमाथि लगाइएको छ । 

Results : 5929 - 5934 of 23769
Most Visited News (monthly)