Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5917 - 5922 of 23769
फिल्मीखबर, काठमाडौं, 2022-03-03, बिहिवार

पहिलो चरणको कोरोना महामारीअघि पोखराको एक गाउँमा फिल्म ‘२ नम्बरी’ को छायांकन भइरहेको थियो । त्यसैबेला संक्रमण रोकथामका लागि सरकारले २५ जनाभन्दा बढीको उपस्थितिमा छायांकन नगर्न भनेपछि फिल्मको अधुरैमा छायांकन रोकियो । यसपछि निर्माण टिमले पटक-पटक पुनः छायांकनको प्रयास नगरेको होइन । तर, कोरोनाका कारण छायांकन सम्भव हुन सकेन ।

फिल्मीखबर, काठमाडौं, 2022-03-02, बुधवार

सरकारले आउँदो बैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेपछि बैशाख २३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘कबड्डी ४’ दुई साता पछाडि सरेको छ । निर्वाचनको दिन देशभर सवारी आवत-जावत ठप्प हुने भएकाले निर्माण पक्षले फिल्मको प्रदर्शन मिति धकलेको हो । अब यो फिल्म आउँदो जेठ १३ गतेबाट प्रदर्शनमा आउने एक पोस्टरमार्फत् जानकारी गराइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-03-02, बुधवार

पछिल्लो महाधिवेशनमा नेत्री कुन्ति शाहीसँगको प्रतिष्पर्धामा थापा राप्रपाको महामन्त्री पदमा पराजित बनेकी अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन् ।

एजेन्सी, मुम्बई, 2022-03-02, बुधवार

पिरियड ड्रामा बनाउन खप्पिस मानिने बलिउडका भेट्रान निर्देशक सञ्जय लीला भंसालीको निर्देशनमा बनेको अभिनेत्री आलिया भट्ट अभिनीत फिल्म ‘गंगूबाई काठियावाडी’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । समीक्षकले पनि फिल्म निकै रुचाएका छन् । घरेलू (भारत) बक्सअफिसमा सुखद् व्यापार गरिरहेको फिल्मले ओभरसिज मार्केट (विदेश) मा पनि राम्रो अंक जोडेको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-03-02, बुधवार

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लप्पन छप्पन २’ को शिर्ष गीत सार्वजनिक भएको छ । बुलेट फ्लो र अशोक बस्नेतको स्वर रहेको गीतमा सुरज विक्रम थापाको शब्द तथा संगीत छ । कागजको टुक्राका लागि मानिसहरुले गर्ने दौडधुप र गलत कामलाई गीतमार्फत् व्यक्त गरिएको छ । लिरिकल गीतको भिडियोमा फिल्मभित्रका केही अचल दृश्यहरु समावेश छन् ।

मनिष अन्जान, काठमाडौं, 2022-03-02, बुधवार

सन्देह छैन, नेपालमा सबैभन्दा बढी विवादित क्षेत्र नै फिल्म क्षेत्र हो । एउटा विवादले डाँडा नकाट्दै अर्को विवाद आँगनमै आइपुगेको हुन्छ । कोरोना महामारीयता सिनेमा हलमा त्यति फिल्म चलेनन् होला, जति फिल्म क्षेत्रमा विवाद रिलिज भए । दुई वर्षयताका एकसेएक विवादले फिल्म क्षेत्रलाई बुझ्ने र हेर्ने दृष्टिकोणमा पूरै परिवर्तन आएको छ । यसले फाइदाभन्दा घाटा दिनेमा दुई मत छैन ।

Results : 5917 - 5922 of 23769
Most Visited News (monthly)