Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5923 - 5928 of 23769
फिल्मीखबर, काठमाडौं, 2022-03-01, मंगलवार

कोरोना महामारीका बीच छायांकन भएको फिल्म ‘बाबरी’को प्रदर्शन मिति घोषणा गरिएको छ । महाशिवरात्रीको अवसर पारेर मंगलवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सुुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा अभिनेता द्वय धिरज मगर र धिरज टोटलानीको साथमा अभिनेत्री अदिती बुढाथोकीको मुख्य भूमिका छ ।

फिल्मीखबर, काठमाडौं, 2022-03-01, मंगलवार

यूक्रेनमाथि रुसले गरेको सैन्य आक्रमणपछि हलिउडको प्रतिष्ठित कम्पनी डिज्नी स्टूडियोले ठूलो फैसला गरेको छ । डिज्नीले रुसमा आफ्नो सबै फिल्मको रिलिज रोकेको छ । यो निर्णय गर्ने डिज्नी पहिलो हलिउड स्टूडियो हो । त्यस्तै, रोबर्ट प्याटिसन स्टारर फिल्म ‘द ब्याटम्यान’ का निर्माताले पनि रुसमा फिल्म नचलाउने निर्णय गरेका छन् । रुसलाई हलिउड फिल्मको ठूलो बजार मानिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-03-01, मंगलवार

फिल्ममा आफूले पाएको जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्नका लागि चरित्र निर्माणमा पर्याप्त मेहेनत गर्ने कलाकारको रुपमा चिनिन्छन्, अर्पण थापा । चाहे सकारात्मक होस् वा नकारात्मक, हरेक प्रकारको भूमिकामा उनको अभिनयले दर्शकलाई बाँधेर राख्ने गरेको छ । ‘ब्लाइन्ड रक्स’, ‘वीर विक्रम’, ‘धन्दा’, ‘मौन’, ‘अनागत’ लगायतका फिल्ममा उनले बाँचेको चरित्र जीवन्त मानिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-03-01, मंगलवार

समीक्षात्मक रुपमा अब्बल ठहरिएको फिल्म ‘सुनगाभा’ का निर्देशक सुवर्ण थापाले निर्देशन गरेको नयाँ फिल्म ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलवार निर्माण टिमले आगामी भदौ २४ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । दोस्रो लकडाउनअघि पालुङ आसपासका क्षेत्रमा छायांकन भएको फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-03-01, मंगलवार

देशमा एमसीसी र नायक पल शाह प्रकरण लगभग एकै समयमा चर्कियो । सोमवार  संसद्ले एमसीसी अनुमोदन गरेपछि यो विषय सेलाएको छ । तर, पल प्रकरणले अझै केही समय मिडिया र सामाजिक सञ्जाल तात्ने देखिन्छ । फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबर्जस्ती करणीको मुद्धामा जाहेरी दिएपछि फरार रहेका पलले आइतवार आत्मसमर्पण गरे । 

फिल्मीखबर, काठमाडौं, 2022-02-28, सोमवार
यही चैत्र १७ देखि २१ सम्म ‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव’ भन्ने नाराका साथ ‘पाचौं नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) २०२२’ आयोजना हुने भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा हुने जानकारी गराईएको छ ।
Results : 5923 - 5928 of 23769
Most Visited News (monthly)