
अभिनेता पल शाह प्रकरणमा नाबालिगलाई राज्य र समाजले संरक्षण गर्नुपर्छ भन्दै फेसबुकमा स्टाटस लेखेका रेखा थापा, ऋचा शर्मा लगायतका अभिनेत्रीहरुलाई एक कथित महिला अभियन्ताले अन्तर्वार्ताको नाममा युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । रेखा थापाकी दिदी तारा राणाले शुक्रवार साइबर ब्यूरोमा उजुरी दिएकी हुन् ।

लकडाउनको समयमा एक कार्यक्रममा प्रस्तोताले अभिनेत्री पूजा शर्मालाई लक्षित गरेर शरीरिक बनावटमाथि प्रश्न उठाएपछि उनले प्रहरी कार्यालयदेखि फिल्म सम्बन्धि विभिन्न संघ-संस्थाहरुमा पुगेर कडा कारवाहीको माग गर्दै ‘ह्यारेसमेन्ट गर्नका लागि बलात्कार गर्नुपर्दैन, बोलीले नै काफी हुन्छ’ भन्दै अभिव्यक्ति दिएकी थिइन् । त्यसबेला उनको पक्षमा सिंगो फिल्म क्षेत्र नै उभिएको थियो ।

कोरोना महामारीका कारण हलहरु बन्द हुने र खुल्ने क्रम चलिरहँदा २ वर्षको अवधिमा करीब आधा दर्जन फिल्म प्रदर्शनमा आए । त्यसमध्ये गत पुषमा प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ बाहेक अरु फिल्मको व्यापार सम्झनलायक रहेन । तर, नेपाली बक्सअफिसमै हलिउड, बलिउड र साउथ फिल्मको हिन्दी डबले भने करोडौं कमाई गरे । दर्शकको ठूलो भीड हलसम्म तान्यो ।

कोरोनाका कारण दुई वर्षदेखि थन्किएर बसेको फिल्म ‘लप्पन छप्पन २’ले शुक्रवारबाट प्रदर्शन थालनी गरेको छ । ठूलो बजेट र विदेशका विभिन्न ठाउँमा खिचिएको फिल्मले मल्टीप्लेक्सहरुमा औसत शो पाएको छ । त्यस्तै, धेरैजसो सिंगल थिएटरहरु फिल्म ‘म यस्तो गीत गाउँछु २’को कब्जामा रहेकाले ‘लप्पन छप्पन २’ लाई बक्सअफिसमा चम्किन माउथ पब्लिसिटीको खाँचो पर्ने देखिन्छ ।

नाम चलेका कलाकारहरुको ठूलो जत्था रहेको फिल्म ‘लप्पन छप्पन २’ भोली शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । विदेशका विभिन्न ठाउँहरुमा छायांकन भएको फिल्मले पैसा र राजनीतिकको कथा भनेको छ । प्रदर्शनको पूर्वसन्ध्यामा निर्माण टिमले बिहीवार राजधानीको बिग मुभिजमा आयोजना गरेको प्रिमियरमा फिल्मकर्मीहरुले मेकिङ र एक्सन पक्षको प्रशंसा गरे ।

करिअरको उत्कर्षमा रहँदा लिड हिरोको रुपमा देखिने गरेका अभिनेता शिव श्रेष्ठको उमेरसँगै भूमिकामा पनि परिवर्तन आएको छ । फिल्म ‘डाँडाको बरपीपल’ मा गाउँको निम्न वर्गीय पुरुषको भूमिकामा देखिएका उनी फिल्म ‘प्रेमगीत ३’ मा राजामा भूमिकामा देखिँदैछन् । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लप्पन छप्पन २’ मा भने उनको भूमिका भ्रष्ट राजनीतिज्ञको छ ।

