Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

फिल्मीखबर, काठमाण्डौ, 2022/02/27
Paul Shah :: Extra Pictures - NEW :: Picture :: FilmyKhabar : Nepali Film  News, Celebrity, Pictures, Songs, Videos
 
१७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको मुद्धामा अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो । आइतवार आत्मसमर्पण गरेपछि प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको थियो ।
 
फागुन ११ गते पल शाहविरुद्ध तनहुँ प्रहरी कार्यालयमा जबर्जस्ती करणीको कसूरमा जाहेरी परेपछि उनी फरार थिए । जिल्ला अदालत तनहुँले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । त्यसक्रममा प्रहरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ पनि गरेको थियो । फरार रहेको चार दिनपछि आइतवार शाह प्रहरीसामु उपस्थित भएका हुन् ।
 
आइतवार नै पल शाहविरुद्ध उनै नाबालिग गायिकाले नवलपरासीको गैंडाकोट प्रहरी कार्यालयमा पनि जबर्जस्ती करणीको मुद्धामा किटानी जाहेरी दिएकी छन् । प्रहरीमा दर्ता गराएको जाहेरी पत्रमा २०७७ चैत ७ गते एक म्यूजिक भिडियोको छायांकनको क्रममा गैंडाकोटको गैंडाकोट रिसोर्टमा जबर्जस्ती मदिरा सेवन गर्न लगाएर पटक-पटक करणी गरेको आरोप शाहमाथि लगाइएको छ । 
Most Visited News (monthly)