Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5863 - 5868 of 23771
एजेन्सी, मुम्बई, 2022-03-18, शुक्रवार

बलिउड अभिनेता सलमान खान चाँडै साउथ सुपरस्टार चिरञ्जीवीसँग साउथ फिल्म ‘गडफादर’मा देखिँदैछन् । यसमा उनको केमियो भूमिका छ । चिरञ्जीवीसँगको घनिष्ट मित्रताका कारण उनी यो फिल्ममा काम गर्न तयार भएका हुन् । जब मित्रता निभाउने कुरा आउँछ तब बलिउडमा सलमानभन्दा राम्रो साथी अरु हुन सक्दैन । र, यसपटक फेरि उनले यो कुरा सावित गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-03-18, शुक्रवार

निर्माणको ७ वर्षपछि फिल्म ‘चिसो एष्ट्रे’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । ट्रेलर र गीतंगीतबाट ठूलो आश जगाएको फिल्मले मल्टीप्लेक्सहरुमा सु्खद् शो पाएको छ । तर, बक्सअफिसमा यो फिल्मले शुक्रवारबाटै प्रदर्शनमा आएको बलिउडको ठूलो फिल्म ‘बच्चन पान्डे’ र रिलिजको एक हप्तापछि नेपाल भित्रिएको अर्को बलिउड फिल्म ‘द कश्मीर फाइल्स’सँग भिडन्त गर्नुपरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-03-17, बिहिवार

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बलात्कार मुद्दा दर्ता भएको छ । नाबालिगले दिएको जाहेरीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले बिहीवार शाहविरुद्ध मुद्धा दर्ता गरेको हो । फागुनमा तनहुँ र नवलपरासी प्रहरी कार्यालयमा नाबालिगले शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2022-03-17, बिहिवार

आज रङहरुको पर्व होली । नेपाल, भारतसहित विभिन्न राष्ट्रमा रहेका हिन्दूहरुको एउटा महत्त्वपूर्ण पर्व मानिने होली प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा र भोली तराईमा होली मनाइँदैछ । माया, प्रेम र सद्भाव झल्काउने होली पर्व एकआपसमा रङ तथा अवीर दलेर, पानी छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाउने प्रचलन छ ।

फिल्मीखबर, काठमाडौं, 2022-03-17, बिहिवार

नेपाल र अमेरिकामा छायांकन भएको फिल्म ‘लाइफ इन एलए’को रिलिज पोस्टपोन्ड भएको छ । बैशाख ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म एक महिना पछाडि सरेको हो । होलीको अवसर पारेर निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी जेठ ६ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति तोकेको हो । फिल्मले अमेरिकामा बस्ने नेपालीको संघर्ष र सफलताको कथा भन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-03-17, बिहिवार

फिल्म ‘प्रेमगीत ३’बाट नायकको रुपमा डेब्यू गरेका मनिष राउत डेब्यू फिल्म रिलिज नहुँदै नयाँ फिल्ममा अनुबन्ध भएका छन् । उनले फिल्म ‘शमशेर’मा अभिनय गर्न लागेका हुन् । बुधवार निर्माण टिमले फिल्मको निर्माण घोषणा गर्दै फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मनिष हातमा खुकुरी बोकेर देखिएका छन् । उनको अनुहारमा रिस र विद्रोही भाव देखिन्छ ।

Results : 5863 - 5868 of 23771
Most Visited News (monthly)