Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकारहरुको होली (फोटोसहित)

फिल्मीखबर, काठमाडौं, 2022/03/17
आज रङहरुको पर्व होली । नेपाल, भारतसहित विभिन्न राष्ट्रमा रहेका हिन्दूहरुको एउटा महत्त्वपूर्ण पर्व मानिने होली प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा र भोली तराईमा होली मनाइँदैछ । माया, प्रेम र सद्भाव झल्काउने होली पर्व एकआपसमा रङ तथा अवीर दलेर, पानी छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाउने प्रचलन छ ।
 
nikhil upreti
 
कोरोना महामारीका कारण विगत दुई वर्षको होली फिक्का भएको थियो । कुनै हर्षोल्लास देखिएको थिएन । संक्रमण फैलिन नदिन सरकारले भीडभाड नगर्न आग्रह गरेपछि अधिकांशले दुई वर्ष घरभित्रै परिवारको साथमा होली मनाएका थिए । तर, यसपटक संक्रमण मत्थर भइसकेकाले होलीको रौनक बेग्लै छ । सामाजिक सञ्जाल पनि होलीका तस्विरहरुले रंगिएका छन् ।
 
सेलिब्रेटीहरुले पनि यसपटक खुलेर होली मनाएका छन् । कसैले सामुहिक भेटघाट गरेर होली मनाइरहेका छन् कसैले परिवारको साथमा होली मनाएका छन् । निखिल उप्रेती दाम्पति, रेखा थापा, श्वेता खड्का, आँचल शर्मा, मलिना जोशी, सृष्टि श्रेष्ठ, सौगात मल्ल, सुमिना घिमिरे, सलोन बस्नेत लगायतका कलाकारहरुले होली मनाएको तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । 
 
rekha thapa
 
aachal sharma
 
deepika prasai
 
malina joshi
 
salon basnet
 
shweera khadka
 
saugat malla
 
shresthi shrestha
 
sumina ghimire
Most Visited News (monthly)