
एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको पक्ष र विपक्षमा यतिबेला सामाजिक सञ्जालमा बहस भइरहेको छ । यो प्रकरणमा आम मानिसको मात्र नभइ फिल्मकर्मीहरुकै पनि भिन्न-भिन्न धारणा आइरहेका छन् । कसैले पलको पक्षमा अभिव्यक्ति दिँदै हिँडेका छन् भने कसैले नाबालिगको संरक्षणमा आवाज उठाएका छन् ।

किपालय प्रडक्सनले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा नेपाली फिल्म तथा सञ्चारमाध्यममा महिलाको सहभागिता बारेमा एक दिने बहस कार्यक्रमको आयोजना गरेको छ । सोमवार चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा दिनभरी जस्तो चलेको कार्यक्रममा फिल्म तथा सञ्चारमाध्यममा महिलाहरुको उपस्थिति तथा भूमिकाको विविध पाटोमा गहन छलफल गरिएको थियो ।

अभिनेत्री ऋचा शर्मा अभिनीत फिल्म ‘कौसीद’को रिलिज डेट घोषणा गरिएको छ । सोमवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी जेठ २७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा भने ऋचा मात्र प्रस्तुत छिन् । हजार (पैसा) को केही थान बिटोलाई अंगालो हाल्दै अचम्मित मुद्रामा देखिएकी उनी फिल्ममा विवाहित महिलाको भूमिकामा रहेको पोस्टरबाट बुझ्न सकिन्छ ।

एउटा उखान छ, ‘कहिले काहिँ नपत्याउने खोलाले पनि बगाउँछु ।’ यो उखान भारतीय फिल्म ‘द कश्मीर फाइल्स’को हकमा लागू भएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको यो फिल्मले लगानी उठाउन पनि नसक्ने विश्लेषण गरिएको थियो । किनकि, न फिल्मको प्रचार गतिलो थियो न ठूलो स्टारकास्ट नै । तर, बलियो वर्ड अफ माउथले फिल्मको व्यापार दिन प्रतिदिन बढेको छ ।

बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्ने मान्छेहरुको कथामा फिल्म ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । चैत अन्तिम साताबाट छायांकन सुरु हुने फिल्मलाई शोभित बस्नेतले निर्देशन गर्नेछन् । शान्ता शर्माको लगानीमा निर्माण हुने फिल्मका लागि अहिले दुई अभिनेता र दुई अभिनेत्रीको खोजी भइरहेको छ । केही दिनमा कलाकारहरु छनोट गरेपछि वर्कसप सुरु गर्ने निर्माण टिमको तयारी छ ।

२०७७ सालको बैशाख १२ गतेलाई फिल्म ‘हिजो आजका कुरा’को प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, कोरोनाका कारण सरकारले हलहरु बन्द गरेपछि फिल्मको रिलिज स्थगन भयो । तीन पटक हलहरु बन्द भएर खुलेपछि फिल्मको आउँदो असोज २८ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । मोफसलमा एफडी र राजधानीमा बीके फिल्मस्ले फिल्मलाई वितरण गर्नेछ ।

