.jpg)
नेपाल र अमेरिकामा छायांकन भएको फिल्म ‘लाइफ इन एलए’को रिलिज पोस्टपोन्ड भएको छ । बैशाख ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म एक महिना पछाडि सरेको हो । होलीको अवसर पारेर निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी जेठ ६ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति तोकेको हो । फिल्मले अमेरिकामा बस्ने नेपालीको संघर्ष र सफलताको कथा भन्छ ।
सुर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । दीपक वली एसोसियट निर्देशक रहेको यस फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा संसार सुवेदी रहेका छन् भने अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । फिल्मले अमेरिका प्रदर्शनबाट लगभग लगानी उठाइसकेको छ ।

