
सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म ‘बाबरी’सँग सम्राट बस्नेत निर्देशित फिल्म ‘लाखे’ बक्सअफिसमा भिड्ने भएको छ । गत महिना ‘बाबरी’ले आउँदो भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । सोमवार ‘लाखे’ले पनि सोही मितिलाई प्रदर्शन मिति तोकेको छ । धेरै फिल्म रिलिजको पखाईमा रहेकाले आउँदो वर्ष प्रायः फिल्मले बक्सअफिसमा अनिवार्य भिडन्त गर्नुपर्ने देखिन्छ ।

देशमा माओवादी जनयुद्ध चर्किँरहेको समयमा अभिनेत्री करिश्मा मानन्धरका श्रीमान् तथा निर्माता विनोद मानन्धरले निर्माण गरेको फिल्म ‘बाबु साहेब’ प्रदर्शनमा आएको थियो । जनयुद्धको त्रासले हलमा दर्शक आउन छाडिसकेका थिए । ‘बाबु साहेब’ले पनि दर्शकको साथ पाउन सकेन । ठूलो लगानीमा बनाएको फिल्म नचलेपछि करिश्मा निराश भएर सन् २००३ मा अमेरिका उडिन् ।

अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले अभिनय र निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व–दीर्घ’लाई द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गर्ने भएका छन् । सोमवार निर्मात्री ढुंगानाले चन्द्रसँग कागजी सम्झौता गरेकी हुन् । यसअघि यो फिल्मलाई नीता आफैंले निर्देशन गर्ने चर्चा थियो । तर, उनले तत्काल निर्देशन नगर्ने निधो गर्दै चन्द्रलाई एक्सन-कटको जिम्मेवारी सुम्पिएकी हुन् ।


एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहमाथिको अनुसन्धान प्रहरीले सकाएको छ । जाहेरी परेको चार दिनपछि आत्मसमर्पण गरेका शाहमाथि तनहुँ प्रहरी कार्यालयले अदालतको अनुमतिमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा उक्त मुद्धाको मिसिल (फाइल) बुझाएको छ ।

आजभोली अभिनेता राजेश हमालको बसाई काठमाडौंभन्दा मोफसलमा बढी हुने गरेको छ । घुमफिरका सौखिन उनी कहिले सांस्कृतिक कार्यक्रम त कहिले उद्घाटनको शिलशिलामा धेरै जसो राजधानीबाहिर निस्किरहेका हुन्छन् । यतिबेला उनी आफ्नो पुर्ख्यौली घर नवलपरासी पुगेका छन् । त्यही मेसोमा उनले सोमवार विहान ७ देखि ९ बजेसम्म नारायणी नदीको सरसफाइ गरे ।

