Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5881 - 5886 of 23771
फिल्मीखबर, काठमाण्डौ, 2022-03-14, सोमवार

सुरज पाण्डेको निर्देशनमा बन्न लागेको फिल्म ‘परस्त्री’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतवार ललितपुरको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । मुहूर्तसँगै फिल्मको छायांकनका लागि निर्माण टिम मुस्ताङतर्फ हिँडेको छ । मुस्ताङमा गीत मात्र खिचिने निर्देशक पाण्डेले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2022-03-12, शनिवार

आगामी हप्ता रिलीज हुने नेपाली फिल्म ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया रिलीजको लागि करिब २७ लाख नेपाली रुपैयाँ (३० हजार अष्ट्रेलियन डलर)मा अधिकार बिक्रि भएको बताईएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म रिलीज अधिकार दिएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2022-03-11, शुक्रवार
नायक पल शाहका म्यानेजर भनिने कृष्ण जोशी तनहुँबाट पक्राउ परेका छन् । जोशीविरुद्द घटना दबाउन मतियार बनेको आरोप छ ।
फिल्मीखबर, काठमाडौं, 2022-03-10, बिहिवार

थिएटरको क्षेत्रमा स्थापित नाम हो, दिव्य देव । ‘ह्यामलेट’, ‘लुक ब्याक इन एंगर’, ‘सान्दाजुको महाभारत’, ‘सेम टाइम नेक्स्ट इयर’ जस्ता नाटकमा आफ्नो अभिनय कौशल देखाइसकेका उनले केही फिल्ममा काम पनि गरेका छन् । नाटकमा संघर्ष गरिरहँदा उनले फिल्म ‘चिसो एष्ट्रे’मा अभिनय गरेका थिए । निर्माणको करीब ७ वर्षपछि चैत ४ गतेबाट यो फिल्म प्रदर्शनामा आउँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2022-03-10, बिहिवार
हिमाअस एजुकेशन कन्सल्टेन्सी अन्तर्गत रहेको टेस्ट सेन्टर नेपालको ब्राण्ड एम्बासडरको रुपमा अभिनेत्री मल्लिका महत नियुक्त भएकी छन् । अभिनेत्री महतसँग उक्त कम्पनीले एक बर्षको लागि सम्झौता गरेको हो । अभिनेत्री महत कम्पनीका सम्पुर्ण प्रचार सामाग्रीमा देखिनेछिन् । 
फिल्मीखबर, काठमाडौं, 2022-03-10, बिहिवार
डा. बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी अभिनेत्री करिश्मा मानन्धरले दुई वर्षमै नेता भट्टराईको साथ छाडेकी थिइन् । त्यसयता अध्ययनमा केन्द्रित रहेकी उनले अब नेकपा (एमाले) बाट राजनीति यात्रालाई अगाडि बढाउने भएकी छन् । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्दै उनले एमाले प्रवेश गर्ने निधो गरेकी हुन् । 
Results : 5881 - 5886 of 23771
Most Visited News (monthly)