Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

पल शाहविरुद्ध नवलपरासी अदालतमा बलात्कार मुद्दा दर्ता

फिल्मीखबर, काठमाडौं, 2022/03/17
अडियो रेकर्डहरु सुन्दा म आफैं आश्चर्यचकित भएको छु : पल शाह
 
एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बलात्कार मुद्दा दर्ता भएको छ । नाबालिगले दिएको जाहेरीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले बिहीवार शाहविरुद्ध मुद्धा दर्ता गरेको हो । फागुनमा तनहुँ र नवलपरासी प्रहरी कार्यालयमा नाबालिगले शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।
 
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको हो । शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीले जानकारी दिएका छन् ।
 
१८ वर्षमुनिका बालिकासँग राजीखुसीमा शारीरिक सम्बन्ध राखे पनि जबर्जस्ती करणी हुने व्यवस्था भएकाले सरकारी वकिलले १२ देखि १४ वर्ष सजाय माग दाबी गर्दै शाहविरुद्ध मुद्धा दर्ता गरेको न्यायाधिवक्ता नेपालीले जानकारी दिए । यौन हिंसा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवाना हुनसक्ने उल्लेख भएकाले सोही अनुसार क्षतिपूर्तिको समेत माग दाबी गरिएको उनले बताए ।
 
फागुन ११ गते नाबालिगले शाहविरुद्ध तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका पल शाहसँग अहिले तनहुँ प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गत हप्ता शाहलाई अनुसन्धानका लागि तनहुँबाट नवलपरासी पनि लगिएको थियो । एक हप्ताको अनुसन्धानपछि उनलाई फेरि तनहुँ फर्काइएको छ ।
Most Visited News (monthly)