Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

हल छिर्‍यो ‘चिसो एष्ट्रे’

फिल्मीखबर, काठमाडौं, 2022/03/18
Chiso Ashtray Nepali Movie
 
निर्माणको ७ वर्षपछि फिल्म ‘चिसो एष्ट्रे’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । ट्रेलर र गीतंगीतबाट ठूलो आश जगाएको फिल्मले मल्टीप्लेक्सहरुमा सु्खद् शो पाएको छ । तर, बक्सअफिसमा यो फिल्मले शुक्रवारबाटै प्रदर्शनमा आएको बलिउडको ठूलो फिल्म ‘बच्चन पान्डे’ र रिलिजको एक हप्तापछि नेपाल भित्रिएको अर्को बलिउड फिल्म ‘द कश्मीर फाइल्स’सँग भिडन्त गर्नुपरेको छ ।
 
काठमाडौंका विभिन्न गल्लीहरुमा बस्ने पात्रहरुको संघर्षको कथालाई उठान गरिएको ‘चिसो एष्ट्रे’ कवि भूपि शेरचनको ‘चिसो एस्ट्रे’ कविताबाट प्रभावित भएर निर्माण भएको हो । गाउँबाट सहर आउने मानिसहरुको सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने कथामा आधारित रहेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको अभिनय छ । 
 
दिन्स पाल्पाली निर्देशित फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको फिल्मको सह-निर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् । फिल्ममा उज्जल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन रहेको छ ।
 
मंगलवार भएको प्रिमियरमा ‘चिसो एष्ट्रे’लाई फिल्मकर्मीहरुले हलिउड स्तरको भन्दै प्रशंसा गरेका थिए । प्रिमियरमा फिल्मको निर्देशकिय पाटो, कलाकारको अभिनय, छायांकन पक्ष, कथावस्तु, भिजुअल ल्याङ्वेज रुचाइएको थियो । यो फिल्मबाट दिव्य देवले अभिनयमा राम्रो सम्भावना देखाएका छन् । धेरैले उनलाई सौगात मल्लको विकल्पको रुपमा समेत चित्रण गर्न थालेका छन् ।
Most Visited News (monthly)