Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5869 - 5874 of 23771
फिल्मीखबर, काठमाडौं, 2022-03-16, बुधवार

यही शुक्रवार (चैत ४) बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चिसो एष्ट्रे’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको छ । मंगलवार साँझ सुन्धाराको सिभिल मलमा आयोजना भएको प्रिमियरमा फिल्मकर्मीहरुले निर्देशकिय पाटो, कलाकारको अभिनय, छायांकन पक्ष, कथावस्तुको मुक्तकण्ठले प्रशंसा गरेका थिए । केही फिल्मकर्मीले हलिउड स्तरको फिल्म भन्दै प्रशंसा पनि गरे ।

एजेन्सी, मुम्बई, 2022-03-16, बुधवार

साउथ फिल्मका सुपरस्टार अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा : द राइज’ले बक्सअफिसमा धमाका मच्चाएको थियो । हिन्दी भर्सनमा समेत सय करोडमाथिको व्यापार गरेको यो फिल्मपछि दर्शकहरुले अल्लू अर्जुनलाई बलिउड फिल्ममा पनि हेर्ने ठूलो इच्छा देखाएका छन् । यसैक्रममा, उनको बलिउडका नामी निर्देशक सञ्जय लीला भंसालीसँग मुम्बईमा भेटघाट भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-03-16, बुधवार

वर्षौंदेखि नेपाली फिल्म हलिउड र बलिउड फिल्मको डरले बाँच्दै आएको छ । अब साउथ फिल्मको हिन्दी डबबाट पनि नेपाली फिल्म डराउनु पर्ने स्थिति सृजना भएको छ । गत पुषमा साउथ फिल्म ‘पुष्पा’को डरले नेपाली फिल्म ‘चपली हाइट ३’ले प्रदर्शन मिति छाड्नु परेको थियो । यसैक्रममा, फिल्म ‘हेल्लो जिन्दगी’ले पनि साउथ फिल्म ‘आरआरआर’का कारण रिलिज सारेको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-03-16, बुधवार

विगत ५ वर्षदेखि प्रेममा रमाइरहेको जोडी हो, सौगात मल्ल र सृष्टि श्रेष्ठ । केही समय प्रेमलाई गुपचुप राखेका उनीहरु अचेल खुलेर प्रेम सम्बन्धको बारेमा बोल्ने गरेका छन् । यो जोडी विवाह बन्धनमा बाँधिने तयारीमा समेत छ । आउँदो वर्ष विवाहको योजनामा रहेका उनीहरुले ‘पोइ पर्‍यो काले’, ‘मासु भात’, ‘रेड सुटकेश’ लगायतका फिल्ममा एकसाथ काम पनि गरिसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-03-16, बुधवार

२०७६ सालको फागुनबाट फिल्म ‘२ नम्बरी’को छायांकन सुरु भएको थियो । तर, छायांकन सुरु हुन र कोरोना महामारी फैलिन एकै समयमा भयो । जसले गर्दा फिल्मको अधुरैमा छायांकन रोकियो । अब दुई वर्षपछि यही चैत १५ गतेबाट फिल्मको पुनः छायांकन सुरु हुँदैछ । फेरि सुरुबाटै छायांकन गर्न लागिएको फिल्ममा केही कलाकारदेखि निर्मातासम्म परिवर्तन भएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-03-15, मंगलवार

अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री स्टारर फिल्म ‘कृष्ण लीला’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले कृष्ण जन्माष्टमीको दिन पारेर आउँदो भदौ ३ गते फिल्मलाई प्रदर्शन गर्ने निधो गरेको हो । यसअघि यो फिल्म गत वर्षको चैत २७ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण सरकारले हलहरु बन्द गरेपछि फिल्म प्रदर्शन हुन सकेको थिएन । 

Results : 5869 - 5874 of 23771
Most Visited News (monthly)