Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5803 - 5808 of 23773
फिल्मीखबर, काठमाडौं, 2022-03-31, बिहिवार

‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ भन्ने नाराका साथ हरेक वर्ष आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित फिल्म महोत्सव ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) काठमाडौंमा सुरु भएको छ । चैत २१ गते (पाँच दिन) सम्म हुन लागेको महोत्सवको बिहीवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

फिल्मीखबर, काठमाडौं, 2022-03-31, बिहिवार

अभिनेता सन्दिप क्षेत्रीले कुनै कलाकार आफूले खेलेको फिल्मबाट उत्साहित हुँदैन भने त्यो कलाकार नै हुन नसक्ने बताएका छन् । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो जिन्दगी’को प्रचारमा मुख्य दुई अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईं नहिँडेपछि फिल्मको प्रचारमा सघाउन पुगेका उनले कलाकार भएपछि आफूले खेलेको फिल्मप्रति चासो राख्नुपर्ने धारणा राखे ।

एजेन्सी, अमेरिका, 2022-03-31, बिहिवार

हलिउड स्टार तथा एक्सन हिरो ब्रूस विलिसले आफ्नो अभिनय करिअरबाट सन्यास लिएका छन् । बुधवार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममा एक लामो पोस्ट लेख्दै ब्रूसले अभिनयबाट सन्यास लिएको जानकारी उनको परिवारले गराएको हो । एफासिया (दिमाखसम्म जाने ब्लड सप्लाई बन्द हुनु) नामको विरामीबाट ग्रसित भएका कारण उनले अभिनय छाड्ने घोषणा गरेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2022-03-31, बिहिवार

फिल्म रिलिजको संघारमा हुँदा कलाकारहरुले प्रचार-प्रसारमा साथ नदिएको भन्दै बेला-बखतमा निर्माता-निर्देशकहरुले मिडियामा गुनासो पोखिरहेका हुन्छन् । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो जिन्दगी’ले पनि प्रचारमा दुई मुख्य अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईंको साथ पाएको छैन । दुई अभिनेत्रीको उपस्थिति र साथविनै निर्माण टिमले प्रचार गरिरहेको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-03-31, बिहिवार

नेपाली फिल्मको डिजिटल राइट्स खरिद गर्ने अग्रणी प्लेटफर्म बुढासुब्बा डिजिटलको यूट्युब च्यानल ह्याक भएको छ । यूट्युब ह्याक हुँदा बुढासुब्बाको अर्क्राइभमा रहेका सम्पूर्ण कन्टेन्ट हटेको छ । बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ४’ले पनि बुढासुब्बाबाट प्रचार सामाग्री सार्वजनिक गरिरहेको थियो । यो फिल्मको गीत, टिजर र ट्रेलर सबै यूट्युबबाट उडेको छ ।

एजेन्सी, मुम्बई, 2022-03-30, बुधवार

सुपरस्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ दर्शकमाझ प्रतिक्षीत छ । अप्रिल १४ तारिखमा रिलिज हुन लागेको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै दर्शकमा थप उत्साह र कौतुहलता बढेको छ । प्रशान्त निलको निर्देशनमा तयार भएको फिल्ममा यशका अलावा सञ्जय दत्त, रवीना टन्डन, प्रकाश राज, श्रीनिधी रमेश शेट्टी, अनन्त नाग, अर्चना जोसी लगायतका कलाकारहरुको अभिनय छ । 

Results : 5803 - 5808 of 23773
Most Visited News (monthly)