
मिस नेपालले नेपाली फिल्मलाई दिएको उपहार हुन्, सृष्टि श्रेष्ठ । बेलायतमा हुर्के बढेकी उनलाई बाल्यकालदेखि नै अभिनयप्रति रुचि थियो । आफ्नो यो रुचिलाई साकार बनाउन उनी बेलायतबाट काठमाडौंको खाल्डो आइपुगिन् र पहिलो खुड्किलोको रुपमा मिस नेपाललाई रोजिन् । सन् २०१२ मा मिस नेपालको उपाधि जितेपछि उनलाई फिल्ममा डेब्यू गर्नका लागि सजिलै बाटो खुल्यो ।

अभिनेत्री दीया पुन संसारकै अग्लो शिखर सगरमाथा आरोहणको तयारीमा छिन् । बैशाख दोस्रो साता सगरमाथा आरोहण गर्न लागेकी उनी अहिले हिमाल चढ्ने आधारभूत तालिम लिइरहेकी छन् । आरोहीलाई उचाइँ र मौसम अनुकूलन बनाउन सगरमाथा आरोहण गर्नुभन्दा अगाडि विभिन्न हिमालहरु पटक-पटक चढ्न र झर्न लगाइन्छ । दीयाले अहिले यसैको तामिल लिइरहेकी हुन् ।

सञ्चारकर्मी लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘ठगराज’को गीत रेकर्डिङ्ग सुरु गरिएको छ । आइतवार फिल्मका लागि पहिलो गीतको रेकर्डिङ्ग गरियो । ‘माया बसेको रैछ’ बोलको गीतमा प्रताप दास र दीपा लामाले स्वर भरेका छन् । गीतमा निर्देशक सुवेदी स्वयंको शब्द रहेको छ भने दीपक शर्माले संगीत दिएका छन् । गीतका एरेन्जर शिवराम रसाइली हुन् ।

ब्रान्ड सिरिज ‘ए मेरो हजुर’को चौंथो श्रृंखला आउँदो बैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मभित्रका कन्टेन्ट ‘ब्याक टू ब्याक’ सार्वजनिक गरिरहेको छ । टिजर र दुई गीतलाई दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियापछि गत साता ट्रेलर सार्वजनिक गरियो । ४ मिनेट ८ सेकेन्डको ट्रेलरले भने फिल्मप्रति अपेक्षाको चाङ चुल्याएको छ ।

छिमेकी मुलुक भारतको क्षेत्रिय भाषाको भोजपुरी फिल्म इन्डस्ट्रीमा नेपाली कलाकारहरुको उपस्थिति बाक्लिँदै गएको छ । कुनै बेला अभिनेता विराज भट्टले हैकम जमाएको भोजपुरी फिल्ममा धेरै नेपाली कलाकारदेखि प्राविधिकसम्मले काम गरिसकेका छन् । यस्तैमा, फिल्म ‘हमेशा’बाट अभिनेताको रुपमा डेब्यू गरेका नरेन खड्काले पनि भोजपुरी फिल्म ‘रण’मा अभिनय गरेका छन् ।

सोमवार क्यालिफोर्नियास्थित लस-एन्जल्सको डल्बी थिएटरमा भएको विश्वकै प्रतिष्ठित फिल्म अवार्ड ओस्कारमा ‘किङ रिचर्ड’ बाट विल स्मिथ र ‘द आइज अफ ट्यामी फेइ’ बाट ज्यासिका च्यास्टेन उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित भएका छन् । त्यस्तै, ‘कोडा’ ले बेष्ट फिल्मको अवार्ड जित्न सफल हुँदा ‘द पावर अफ द डग’ बाट जेनी क्याम्पियनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड उचालिन् ।

