Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5785 - 5790 of 23774
फिल्मीखबर, काठमाडौं, 2022-04-05, मंगलवार

अभिनेत्री साम्राज्ञी आरएल शाहको सुरुवाती करिअर जबर्जस्त रह्यो । डेब्यू फिल्म ‘ड्रिम्स’ सफल हुनुका साथै उनको अभिनयको पनि प्रशंसा भएपछि साम्राज्ञीले करिअर फर्केर हेर्नु परेन । दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पनि सफल हुँदा उनी निर्माता/निर्देशकको पहिलो रोजाई बनिन् । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले पनि उनलाई राहत नै दियो । तर, अरु फिल्मले भने उनको स्टारडम बचाउन सकेन ।

फिल्मीखबर, काठमाडौं, 2022-04-05, मंगलवार

अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण र अभिनय गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनेता सलोन बस्नेतको प्रवेश भएको छ । मंगलवार नीता र हरिहरले सलोनसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा सलोनको अर्थपूर्ण र महत्त्वपूर्ण भूमिका रहने बताइएको छ । हिरोको रुपमा असफल मानिएका उनी चरित्र अभिनेताको रुपमा भने जमेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-04-05, मंगलवार

दुई वर्ष अगाडि घोषणा गरिएको फिल्म हो, ‘के घर के डेरा’ । छायांकनमा निस्कने तयारी हुँदै गर्दा कोरोना महामारी फैलिएपछि फिल्मको काम अगाडि बढ्न सकेन । अब भने बैशाख अन्तिम साताबाट फिल्मको छायांकन सुरु हुँदैछ । तर, निर्देशक परिवर्तन भएका छन् । पहिला सुव्रतराज आचार्य निर्देशक रहेकोमा अब दीपेन्द्र के. खनालले निर्देशनको कमान्ड सम्हाल्ने भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-04-05, मंगलवार

एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई तनुहँबाट पूर्वी नवलपरासी (नवलपुर) पठाइएको छ । नवलपरासी जिल्ला अदालतले थुनछेक बहसका लागि उपस्थित गराउन पत्रचार गरेपछि शाहलाई मंगलवार विहान नवलपुर पठाइएको जिल्ला कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

फिल्मीखबर, काठमाडौं, 2022-04-05, मंगलवार

हाँस्य कलाकार शिवहरी पौडेलले पहिलो पटक निर्देशन गरेको फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक भएको ट्रेलरमा कमेडीलाई विशेष प्राथमिकता दिइएको छ । फिल्मले अधवैंसे पुस्ता र तन्नेरी पुस्ताबीचको कथालाई उठाएको ट्रेलरबाट बुझ्न सकिन्छ । ३ मिनेट २२ सेकेन्ड लम्बाईको ट्रेलरमा निर्देशक पौडेलले रोना-धोनालाई पनि समेटेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-04-05, मंगलवार

पाँचौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) समापन भएको छ । यही चैत १७ देखि २१ गतेसम्म चलेको महोत्सवको सोमवार समापन कार्यक्रममा विभिन्न १४ विधामा उत्कृष्ट भएका फिल्महरुलाई अवार्ड वितरण गरियो । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर फिल्ममा बंगलादेशीको ‘नो ग्राउण्ड बेनेअथ द फिट’ र राष्ट्रिय स्पर्धातर्फ ‘महानगर’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।

Results : 5785 - 5790 of 23774
Most Visited News (monthly)