Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बुढासुब्बाको यूट्युब ह्याक, उडे फिल्मका हजारौं कन्टेन्ट

फिल्मीखबर, काठमाडौं, 2022/03/31
Budha Subba Digital Pvt Ltd
 
नेपाली फिल्मको डिजिटल राइट्स खरिद गर्ने अग्रणी प्लेटफर्म बुढासुब्बा डिजिटलको यूट्युब च्यानल ह्याक भएको छ । यूट्युब ह्याक हुँदा बुढासुब्बाको अर्क्राइभमा रहेका सम्पूर्ण कन्टेन्ट हटेका छन् । बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ४’ले पनि बुढासुब्बाबाट प्रचार सामाग्री सार्वजनिक गरिरहेको थियो । यो फिल्मको गीत, टिजर र ट्रेलर सबै यूट्युबबाट उडेको छ ।
 
अहिले बुढासुब्बा डिजिटलको च्यानलमा एक वर्ष अगाडि अपलोड भएको २० सेकेन्डको इन्ट्रोको एउटा भिडियो मात्र छ । ४० लाखभन्दा बढी सब्स्क्राइभ रहेको च्यानलमा हजारौंको संख्यामा गीत र फिल्महरु थिए । ती सबै ह्याकरले उडाएपछि बुढासुब्बा टिम तनावमा देखिएको छ । बुढासुब्बाको च्यानल दोस्रो पटक ह्याक भएको हो । यसअघि पनि यो च्यानल ह्याक भएर फिर्ता ल्याइएको थियो । 
 
फिल्म प्रदर्शनको मुखमा यूट्युब च्यानल ह्याक भएर सम्पूर्ण प्रचार सामाग्री उडेपछि ‘ए मेरो हजुर ४’को टिम पनि तनावमा देखिएको छ । बुढासुब्बाको यूट्युब च्यानलमा फिल्मको दुई गीत, टिजर र ट्रेलर सार्वजनिक भइसकेको थियो भने चारवटै प्रचार सामाग्रीलाई लाखौं भ्यूज मिलिसकेको थियो । बिहीवार निर्माण टिम सोही च्यानलबाट फिल्मको नयाँ गीत सार्वजनिक गर्ने तयारीमा थियो । 
 
फिल्मको डिजिटल राइट्स बुढासुब्बाले लिएका कारण पुनः गीत, टिजर र ट्रेलर यूट्युबबाट सार्वजनिक हुन सक्नेछ । तर, रिलिजको मुखमा लाखौं भ्यूज पाइसकेका फिल्मका प्रचार सामाग्री यूट्युबबाट हट्दा निर्माण टिम के गर्ने र कसो गर्ने भन्ने अन्योलमा देखिएको छ । झरना थापाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल लगायतको अभिनय छ ।
Most Visited News (monthly)