Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5797 - 5802 of 23773
फिल्मीखबर, काठमाडौं, 2022-04-02, शनिवार

बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘ए मेरो हजुर ४’को तेस्रो गीत सार्वजनिक भएको छ । शनिवार यूट्युबमा सार्वजनिक भएको ‘तिमी र म’ बोलको गीतमा उदयराज पौडेलको स्वर रहेको छ भने प्रतिक पौडेलको शब्द तथा संगीत छ । रामजी लाछिमानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका नायक अनमोल केसी र नायिका सुहाना थापा फिचर छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-04-02, शनिवार

फिल्म ‘झ्यानाकुटी’मा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालले पहिलो पटक एकसाथ काम गरेका थिए । फिल्ममा झगडिया श्रीमान्-श्रीमतीको भूमिकामा अभिनय गरेका उनीहरुको केमेस्ट्रीलाई दर्शकहरुले रुचाएका थिए । यो फिल्मको सिक्वेलमा फेरि उनीहरु दोहोरिन लागेको चर्चा पनि चलेको थियो । तर, अब ‘झ्यानाकुटी २’ निर्माण हुने वा नहुनेमै अन्योल देखिएको छ ।

एजेन्सी, मुम्बई, 2022-04-01, शुक्रवार

गत हप्ता प्रदर्शनमा आएको एसएस राजामौली निर्देशित साउथ इन्डियन फिल्म ‘आरआरआर’को कमाईको रफ्तार अझै रोकिने छाँटकाँट देखिएको छैन । फिल्मले भारतमा मात्र नभइ विश्वभर आक्रामक कमाई गरिरहेको छ । हिन्दी भर्सनमा मात्र प्रदर्शनको ७ दिनमा १ सय ३० करोडमाथिको कमाई गरिसकेको फिल्मले विश्वभरबाट ७ सय करोडको आँकडा पार गर्न सफल भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-04-01, शुक्रवार

एक समय नेपाली फिल्ममा भिलेनको भूमिकामा एकछत्र हालीमुहाली गरेका राजेन्द्र खड्गीले आफ्नो करिअरमा दुई सयभन्दा बढी फिल्ममा अभिनयसँगै द्वन्द्व निर्देशकको रुपमा काम गरे । तर, विगत ७/८ वर्षयता भने उनी अभिनयमा सक्रिय छैनन् । करिअरको उचाइँमा रहँँदा केही फिल्मको निर्माण तथा निर्देशक समेत गरेका खड्गी लामो समयपछि फिल्म निर्माणमा फर्किने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2022-04-01, शुक्रवार

अभिनेत्री स्वस्तिमा खड्का पहिलो पटक नाटकमा अभिनय गर्ने तयारीमा थिइन् । ‘पल्पसा क्याफे’ पुस्तकमाथि मञ्चन हुन लागेको नाटकमा उनको अभिनय रहने गरी गत वर्ष राजधानीमा एक कार्यक्रमका बीच नाटकको घोषणा गरिएको थियो । कोरोनाका कारण एक वर्ष रोकिएको नाटक अब आउँदो बैशाख ९ गतेबाट मञ्चन हुँदैछ तर स्वस्तिमाले भने नाटकबाट हाट झिकेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-04-01, शुक्रवार

गत शुक्रवारबाट प्रदर्शनमा आएको साउथको महंगो फिल्म ‘आरआरआर’ले नेपालमा आफ्नो पकड बनाइराखेको छ । पहिलो हप्ता हरेक मल्टीप्लेक्सहरुमा सर्वाधिक शोजका साथ हाउसफुल व्यापार गरेको फिल्मले दोस्रो हप्तामा पनि उल्लेख्य संख्यामा शो पाएको छ । यसबीच, शुक्रवार (आज) बाट ‘आरआरआर’लाई चुनौती दिन नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा उत्रिएको छ । 

Results : 5797 - 5802 of 23773
Most Visited News (monthly)