Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5809 - 5814 of 23773
फिल्मीखबर, काठमाडौं, 2022-03-30, बुधवार

यसमा सन्देह छैन कि अनमोल केसी अहिलेका ‘नम्बर वान’ नायक हुन् । केही वर्षयता उनको नाममा फिल्मको टिकट मात्र होइन, उनको घर अगाडि ठेलामा राखिएको चटपटे पनि विक्री हुन्छ । जन्मजात फिल्मी विरासत बोकेका उनी पिता भुवन केसीको पदचाप पछ्याउँदै कलिलो उमेरमै चम्किलो पर्दाको हिरो बनेका थिए । पहिलो फिल्म ‘होस्टेल’पछि उनी युवापुस्ताका आइडल बने । 

फिल्मीखबर, काठमाडौं, 2022-03-30, बुधवार

निर्माणको तयारीमा रहेको फिल्म ‘शमशेर’मा कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त र अभिनेता सुमन गौतमको प्रवेश भएको छ । बुधवार निर्माण टिमले उनीहरुको क्यारेक्टर लुक्स सार्वजनिक गर्दै फिल्ममा अनुबन्ध भएको जानकारी गराएको हो । एक्सन जनरामा बन्न लागेको फिल्ममा यसअघि अभिनेता द्वय मनिष राउत र गौरव पहारीको प्रवेश भइसकेको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-03-30, बुधवार

संसारको सबैभन्दा प्रतिष्ठित अवार्ड हो, ओस्कार । अभिनयको यात्रामा निस्किएका कलाकार हुन् वा दृश्यको कथावाचन गर्ने निर्देशक, ओस्कारको मञ्च उक्लिएर अवार्ड चुम्ने सपना पालेकै हुन्छन् । ओस्कारले न फिल्मको व्यवसायिक सफलता हेर्छ न कलाकारको लोकप्रियता । समाजलाई बदल्ने ल्याकत बोकेको फिल्म र चरित्रमा जीवन्त बाँच्ने कलाकार ओस्कारमा अब्बल ठहरिने गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-03-29, मंगलवार

मिलन डि काप्रिको निर्देशनमा तयार भएको फिल्म ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी बैशाख २३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले अभिनेता कर्मालाई प्राथमिकतामा राखेर मंगलवार एक पोस्टर सार्वजनिक गरेको छ । बक्सअफिसमा फिल्म ‘लक्का जवान’सँग भिडन्त गर्न लागेको यो फिल्म साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको हो । 

एजेन्सी, मुम्बई, 2022-03-29, मंगलवार

बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टले प्रदर्शनरत फिल्म ‘आरआरआर’बाट साउथ फिल्म इन्डस्ट्रीमा पाइला राखेकी छन् । शुक्रवारबाट संसारभर प्रदर्शनमा आएको फिल्मले हिन्दी भर्सनमा मात्र सय करोड नजिकको व्यापार गरिसकेको छ । तर, फिल्म प्रदर्शनमा आएसँगै टिमभित्र मनमुटाव सुरु भएको छ । फिल्म हेरेपछि आलिया निर्देशक एसएस राजामौलीसँग रुष्ट बनेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-03-29, मंगलवार

१७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पुर्पक्ष थुनामा रहेका अभिनेता पल शाहले जिल्ला अदालत, तनहुँको आदेशविरुद्ध उच्च अदालत, पोखरामा पुनरावेदन निवेदन दिएका छन् । शाहका कानुनी सहयोगीले मंगलवार दिउँसो जिल्ला अदालतको फैसलाविरुद्ध तारेखमा थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गराएका हुन् । 

Results : 5809 - 5814 of 23773
Most Visited News (monthly)