Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5821 - 5826 of 23773
एजेन्सी, मुम्बई, 2022-03-27, आईतवार

साउथ फिल्म ‘आरआरआर’पछि विश्वमा यदी कुनै फिल्मको हदभन्दा बढी प्रतिक्षा भइरहेको छ भने त्यो ‘केजीएफ : च्याप्टर २’ हो । यसको पहिलो श्रृंखलाले बक्सअफिसमा उछाल ल्याएको थियो । अब दोस्रो पार्ट (सिक्वेल) तुफान ल्याउने तयारीमा छ । आइतवार सार्वजनिक भएको ट्रेलरले फिल्मलाई थप बहुप्रतिक्षीत बनाएको छ । २ मिनेट ५७ सेकेन्ड लम्बाईको ट्रेलर धमाकेदार बनेको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-03-27, आईतवार

चैत १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो जिन्दगी’को गीतमा बलिउडका विष्णु देवाले कोरियोग्राफी गरेका छन् । ‘रामलीला’, ‘दबंग २’, ‘एक्सन ज्याक्सन’, ‘बडिगार्ड’ जस्ता फिल्मका गीतमा कोरियोग्राफी गरिसकेका उनले ‘हेल्लो जिन्दगी’को सम्पूर्ण गीतमा कोरियोग्राफी गरेका छन् ।

एजेन्सी, मुम्बई, 2022-03-27, आईतवार

बलिउड अभिनेता आमिर खानले कोरोना महामारीको समयमा आफूले अभिनय छाड्ने निर्णय गरेको खुलासा गरेका छन् । तर, उनले यो कुरा त्यसबेला यसकारण खुलाएनन् कि यसलाई मानिसहरुले ‘लाल सिंह चड्ढा’को रिलिजभन्दा पहिलाको ‘मार्केटिङ स्कीम’ भन्ने सक्थे । फिल्मले व्यक्तिगत जीवनमा नसोचेको असर गर्न थालेपछि अभिनय छाड्ने सोचमा पुगेको आमिर बताउँछन् ।

फिल्मीखबर, काठमाडौं, 2022-03-27, आईतवार

कोरोना महामारीका कारण पटक-पटक सिनेमा हल बन्द हुँदा दुई वर्षसम्म तीन दर्जनभन्दा बढी फिल्म रिलिज हुन नपाएर थन्किए । महामारीकै समयमा अर्को एक दर्जन बढी फिल्म निर्माण भए र अहिले पनि फिल्म निर्माणको क्रम रोकिएको छैन । जसले गर्दा आउँदो वर्ष नेपाली फिल्मले सोलो रिलिज पाउने सम्भावना कम हुँदै आएको छ । अब नेपाली फिल्मबीच नै भिडन्त हुने देखिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2022-03-27, आईतवार

फिल्म रिलिजको समयमा दर्शकहरुलाई हलसम्म बोलाउन नेपाली निर्माता, निर्देशक र कलाकारसँग एउटा रेडिमेड अनुनय हुन्छ, ‘हामीले राम्रो फिल्म बनाउने प्रयास गरेका छौं । नेपाली मन र आँखाले हेरिदिनु होला । नेपाली फिल्मलाई माया गरिदिनुहोला ।’ यो नेपाली फिल्मकर्मीको डर बोलेको हो । जब आफ्नो फिल्ममाथि विश्वास हुँदैन तब अनुनय विनयको साहरा लिनुको विकल्प हुँदैन ।

फिल्मीखबर, काठमाडौं, 2022-03-26, शनिवार

भारतीय अभिनेता राजपाल यादवलाई ५६ किलोको माला लगाएर नेपालमा स्वागत गरिएको छ । शनिवार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा आयोजित गोपाल सेवा समितिको राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथीको रुपमा उपस्थित भएका उनलाई ५६ किलोको माला लगाएर स्वागत तथा सम्मान गरिएको हो । उनी कार्यक्रममा सहभागि हुन शनिवार सर्लाही ओर्लिएका थिए ।

Results : 5821 - 5826 of 23773
Most Visited News (monthly)