Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलिउड स्टार ब्रूस विलिसले लिए अभिनयबाट सन्यास

एजेन्सी, अमेरिका, 2022/03/31
bruce willis
 
हलिउड स्टार तथा एक्सन हिरो ब्रूस विलिसले आफ्नो अभिनय करिअरबाट सन्यास लिएका छन् । बुधवार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममा एक लामो पोस्ट लेख्दै ब्रूसले अभिनयबाट सन्यास लिएको जानकारी उनको परिवारले गराएको हो । एफासिया (दिमाखसम्म जाने ब्लड सप्लाई बन्द हुनु) नामको विरामीबाट ग्रसित भएका कारण उनले अभिनय छाड्ने घोषणा गरेका हुन् । 
 
परिवारले इन्स्टामा लेखेको छ, ‘हालै ब्रूस एफासिया नामको विरामीबाट ग्रसित भएका थिए, जसका कारण उनको सम्झने शक्ति प्रभावित भएको छ । यही कारण र निकै विचार गरेर ब्रूसले यो फैसला लिएका छन् कि उनी आफ्नो अभिनय करिअरबाट टाढा हुँदैछन् । यद्यपि, ब्रूसका लागि आफ्नो करिअर निकै महत्त्वपूर्ण छ । वास्तवमा परिवारका लागि पनि यो एक मुश्किल समय हो ।’ 
 
ब्रूस विलिसले आफ्नो करिअरको सुरुवात सन् १९८० मा गरेका थिए । उनले कयौं फिल्ममा काम गरे, जसमध्ये १९८८ मा आएको जोन म्याक्लेनको फिल्म फिल्म ‘डाई हार्ड’बाट उनलाई पहिचान मिलेको थियो । यो फिल्म विलिसको पहिलो ठूलो फ्रेन्चाइज हो । उनले चर्चित सिरिज ‘फ्रेड्स’मा पनि गेस्ट अपिरियन्स दिएका थिए । ४० वर्षको करिअरमा उनले दुईटा एमी अवार्ड जितेका छन् । 
Most Visited News (monthly)