Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

यश आफैंले लेखेका हुन् ‘केजीएफ २’को डाइलग

एजेन्सी, मुम्बई, 2022/03/30
yesh
 
सुपरस्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ दर्शकमाझ प्रतिक्षीत छ । अप्रिल १४ तारिखमा रिलिज हुन लागेको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै दर्शकमा थप उत्साह र कौतुहलता बढेको छ । प्रशान्त निलको निर्देशनमा तयार भएको फिल्ममा यशका अलावा सञ्जय दत्त, रवीना टन्डन, प्रकाश राज, श्रीनिधी रमेश शेट्टी, अनन्त नाग, अर्चना जोसी लगायतका कलाकारहरुको अभिनय छ । 
 
‘केजीएफ २’को ट्रेलरमा एक्सन सिनहरु जति दमदार छन्, त्यत्ति नै डाइलगहरु पनि जबर्जस्त छन् । आइतवार बेंगलुरुमा भएको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक प्रशान्त निलले फिल्मको बढीजसो डाइलग यश आफैंले लेखेको खुलासा गरे । उनले भनेका छन्, ‘तपाईंलाई ट्रेलरमा यशले बोलेको डाइलगहरु मन परेको छ भने त्यो अरु कसैले नभइ यश आफैंले लेखेका हुन् ।’ 
 
यसपटक पनि यश फिल्ममा रकीको चरित्रमा देखिनेछन् । त्यस्तै, साउथ इन्डस्ट्रीमा डेब्यू गरेका सञ्जय दत्त अधीराको भूमिकामा छन् । ट्रेलरमा उनको लुक्स र डाइलगले दर्शकको मन जितेको छ । ‘केजीएफ २’मा रकी र अधीराबीचको युद्धलाई केन्द्रमा राखिएको छ । कन्नड, तेलुगु, हिन्दी, तमिल र मलयालम भाषामा निर्माण भएको फिल्मको कथा निर्देशक नील स्वयंले लेखेका हुन् ।
Most Visited News (monthly)