
साउथ सुपरस्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ले बक्सअफिसमा डंका पिटेको छ । फिल्मले प्रदर्शनको दुई दिनमा नै बलिउड र साउथका कयौं फिल्मको रेकर्डलाई पछाडि पारेको छ । हिन्दी भर्सनमा पहिलो दिन नै ५३ करोड ९५ लाखको सानदार ओपनिङ गरेको फिल्म दोस्रो दिन पनि कमाईमा अब्बल देखियो । दुई दिनको कमाईसँगै फिल्म सय करोडमा सामेल भएको छ ।

यही बैशाख १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन्त्र’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक ‘तिम्रै हुँ भन्छ यो मनले’ गीतमा गायक अल्मोडा राना उप्रेती र गायिका अप्सरा घिमिरेले स्वर दिएका छन् भने सन्तोष सुनारको शब्द तथा संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सौगात मल्ल र मुख्य अभिनेत्री दीया पुनबीचको प्रेमलाई देखाइएको छ ।

नेपालका मल्टीप्लेक्सहरुले विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्ने प्रवृति नौलो विषय होइन । विदेशी फिल्मलाई भएभरको शो थमाएर नेपाली फिल्मलाई शो दिन मुठ्ठी बाँध्ने परम्परा यसपटक पनि दोहोरियो । बैशाख १ गतेबाट प्रदर्शनमा आएका नेपाली फिल्म ‘ए मेरो हजुर ४’ र साउथ फिल्म ‘केजीएफ २’लाई बाँडिएको शो हेर्दा नेपालका हल धनीहरुको नियत स्पष्ट हुन्छ ।

आउँदो भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको परिच्छेद सेन निर्देशित फिल्म ‘प्रेमगन्ज’प्रति दर्शकलाई आकर्षित गर्न नयाँ योजना ल्याइएको छ । शनिवार सार्वजनिक हुन लागेको फिल्मको टिजरलाई ‘कपीराइट फ्री’ गर्ने निर्णय गर्दै निर्माण टिमले सामाजिक सञ्जाल युट्युब, फेसबुक र टिकटकमा शेयर गरेर सर्वाधिक दर्शक ल्याउनेलाई नगद पुरस्कार प्रदान गर्न लागेको हो ।

फिल्म ‘लभ स्टेशन’बाट भिलेनको रुपमा उदाएका प्रकाश शाह चकलेटी लुक्स र आकर्षक जिउजाडका कारण पहिलो फिल्मबाटै दर्शकको नजरमा परेका थिए । उनले दोस्रो फिल्म ‘साङ्लो’मा पनि आफूलाई सशक्त रुपमा प्रस्तुत गरे । यो फिल्मबाट उनले हालै सम्पन्न ‘डि सिने अवार्ड’मा उत्कृष्ट खलपात्रको अवार्ड जितेका छन् । यसैक्रममा, उनको हातमा एक नयाँ फिल्म परेको छ ।

बहुप्रतिक्षित नेपाली फिल्म 'ए मेरो हजुर ४'ले पहिलो दिन बम्पर ओपनिङ् गरेको वितरकले बताएका छन् । वितरण कम्पनी काफिया फिल्म्सका गोविन्द शाहीले दिएको रिपोर्ट अनुसार यो फिल्मले नयाँ बर्षको दिन देशभरबाट असी लाख ग्रस कलेक्शन गरेको हो ।

