Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

‘शमशेर’मा भित्रिए ‘साङ्लो’का भिलेन प्रकाश

फिल्मीखबर, काठमाडौं, 2022/04/15
Prakash Shah
 
फिल्म ‘लभ स्टेशन’बाट भिलेनको रुपमा उदाएका प्रकाश शाह चकलेटी लुक्स र आकर्षक जिउजाडका कारण पहिलो फिल्मबाटै दर्शकको नजरमा परेका थिए । उनले दोस्रो फिल्म ‘साङ्लो’मा पनि आफूलाई सशक्त रुपमा प्रस्तुत गरे । यो फिल्मबाट उनले हालै सम्पन्न ‘डि सिने अवार्ड’मा उत्कृष्ट खलपात्रको अवार्ड जितेका छन् । यसैक्रममा, उनको हातमा एक नयाँ फिल्म परेको छ । 
 
निर्माणको तयारीमा रहेको फिल्म ‘शमशेर’मा उनी भित्रिएका हुन् । शुक्रवार निर्माण टिमले प्रकाशको क्यारेक्टर लुक्स सार्वजनिक गर्दै फिल्ममा उनको प्रवेश भएको जानकारी गराएको हो । उनको लुक्सले बलिउड फिल्म ‘सरबजीत’मा रणदीप हुड्डाले निर्वाहा गरेको चरित्रको झल्को दिन्छ । ‘शमशेर’मा प्रकाश चुनौतीपूर्ण भूमिकामा प्रस्तुत हुन लागेको उनको भिन्न लुक्सबाट बुझ्न सकिन्छ ।
 
फिल्ममा प्रकाशसँगै एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थी सुमन थापा अनुबन्ध भएका छन् । फिल्ममा यसअघि नै मुख्य भूमिकामा मनिष राउत र गौरव पहारी अनुबन्धित भइसकेका छन् । फिल्ममा हिमेश पन्त, सुमन गौतम, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्म एक्सन जनरामा निर्माण हुने बताइएको छ । 
 
suman thapa
 
अहिले निर्माण टिमले फिल्मका लागि मुख्य अभिनेत्री र निर्देशकको खोजी गरिरहेको छ । एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानी रहने फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुनेछ । फिल्मका गीतमा संगीत भर्ने जिम्मेवारी अर्जुन पोखरेलले पाएका छन् । फिल्म निर्माणमा सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनले सहकार्य गरेका छन् ।
Most Visited News (monthly)