Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलहरुले ‘ए मेरो हजुर ४’को शो हटाएपछि अशोक शर्माको चेतावनी

फिल्मीखबर, काठमाडौं, 2022/04/16
ashok sharma and ea mero hajur 4
 
नेपालका मल्टीप्लेक्सहरुले विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्ने प्रवृति नौलो विषय होइन । विदेशी फिल्मलाई भएभरको शो थमाएर नेपाली फिल्मलाई शो दिन मुठ्ठी बाँध्ने परम्परा यसपटक पनि दोहोरियो । बैशाख १ गतेबाट प्रदर्शनमा आएका नेपाली फिल्म ‘ए मेरो हजुर ४’ र साउथ फिल्म ‘केजीएफ २’लाई बाँडिएको शो हेर्दा नेपालका हल धनीहरुको नियत स्पष्ट हुन्छ । 
 
‘केजीएफ २’को दबदबाबीच ‘ए मेरो हजुर ४’ले बक्सअफिसमा सुखद् कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन फिल्मले सिंगल र मल्टीप्लेक्स दुवैतर्फ हाउसफुल व्यापार गर्‍यो । तर, फिल्मले दर्शकको राम्रो साथ पाइरहँदा पनि मल्टीप्लेक्सहरुले शो बढाउन आवश्यक ठानेका छैनन् । बरु, काठमाडौं र मोफसलका केही हलहरुले फिल्मको शो घटाएर ‘केजीएफ २’लाई थुपारेका छन् । 
 
हलहरुले हाउसफुलका साथ चलिरहेको ‘ए मेरो हजुर ४’को शो घटाएपछि नेपाल चलचित्र संघका महासचिव तथा फिल्म निर्माता अशोक शर्माले हल सञ्चालकहरुलाई अब आउन सक्ने आँधीबेहरीको सामना गर्नका लागि तयार हुन चेतावनी दिएका थिए । उनले फेसबुकमा स्टाटस लेख्दै फिल्म हाउसफुल हुँदा हुँदै शुक्रबार केही हलहरुले शो हटाउनुको कारणबारे पनि जवाफ मागेका छन् ।
 
‘ए मेरो हजुर ४’भन्दा ‘केजीएफ २’बाट हल सञ्चालकहरुले बोरामा पैसा भरिरहेकोमा दुईमत छैन । शो बढी दिएपछि व्यापार बढी हुने नै भयो । तर, हाउसफुलका साथ चलिरहेको ‘ए मेरो हजुर ४’को शो हटाउनु हल सञ्चालकहरुको बदनियत देखिन्छ । विदेशी फिल्मलाई काखी च्याप्न नेपाली फिल्मप्रति हलवालाले गरेको यसप्रकारको विभेद फिल्म क्षेत्रका लागि क्यान्सरभन्दा ठूलो रोग हो । 
 

Most Visited News (monthly)