
अहिले बलिउडका लागि साउथ फिल्म चट्टानी पहाड बनेर खडा भएको छ । एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबली’बाट पेन इन्डिया फिल्मप्रति क्रेज चुलिएको थियो । ‘केजीएफ’, ‘पुष्पा’, ‘आरआरआर’ जस्ता फिल्मले बलिउडमा साउथको दबदबा थप बढायो । साउथ फिल्मको बढ्दो क्रेजलाई मध्यनजर गर्दै बलिउड कलाकारले समेत साउथ फिल्ममा अभिनय गर्न थालेका छन् ।

फिल्म ‘रामकहानी’बाट हटकेक बनेको जोडी हो, पूजा शर्मा र आकाश श्रेष्ठ । यो फिल्मपछि उनीहरु मेकरको मात्र नजरमा परेनन्, दर्शकहरुको पनि फेभरेट बने । फ्यानहरुले उनीहरुलाई बिहेका लागि दबाब समेत दिन थालेका थिए । केही समय उनीहरु प्रेममा रहेको चर्चा पनि चल्यो । तर, गत वर्ष आकाशले पूजाको मन दुखाउने काम गरेपछि यो जोडीको व्यक्तिगत सम्बन्ध टुंगियो ।

जेठ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सम्झना बिर्सना’को पहिलो गीत सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘परेली’मा बोलको गीतमा अञ्जु पन्त र निमेष प्रधानको स्वर छ । गायक प्रधानकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा रोमान्टिक भावमा प्रस्तुत छन् ।

सफल फिल्म निर्देशनमा ह्याट्रिक गरेका प्रदीप भट्टराई र महजोडीबीच फिल्म ‘शत्रु गते’पछि पुनः टिमअप भएको छ । प्रदीपको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अभिनय गर्न लागेका हुन् । हुनत, २०७६ सालमै उनीहरुबीच टिमअपको घोषणा गरिएको थियो । तर, कोरोनाका कारण फिल्मको काम अगाडि बढ्न सकेको थिएन ।

१२औं ‘डी सिने अवार्ड’मा फिल्म ‘मारुनी’बाट पुष्प खड्का उत्कृष्ट अभिनेता र फिल्म ‘छ माया छपक्कै’बाट केकी अधिकारी उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । शनिवार धुलिखेलमा आयोजना भएको अवार्डमा ‘मारुनी’ नै उत्कृष्ट फिल्म बन्न सफल हुँदा यही फिल्मबाट नवल नेपालले उत्कृष्ट निर्देशकको अवार्ड जिते । पपुलर फिल्मको अवार्ड भने ‘छ माया छपक्कै’ले जित्न सफल भयो ।

पछिल्लो समय देशभर खुलिरहेका सुविधा सम्पन्न मल्टीप्लेक्सहरु विदेशी फिल्म चलाएर पैसा छाप्ने उद्देश्यबाट केन्द्रित छन् भन्ने कुरा पटक-पटक प्रमाणित हुँदै आएको छ । नेपाली फिल्मलाई आँखामा झारो हाल्ने शो दिएर विदेशी फिल्मलाई भरमार शो थमाउँदै आएका हल सञ्चालकहरुले यसपटक पनि विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखाको व्यवहार गरेका छन् ।

