Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगन्ज’को टिजर शेयर गर्नेले नगद पुरस्कार पाउने

फिल्मीखबर, काठमाडौं, 2022/04/15
आउँदो भदौ ३ गते (अगस्ट १९) बाट प्रदर्शनमा आउन लागेको परिच्छेद सेन निर्देशित फिल्म ‘प्रेमगन्ज’प्रति दर्शकलाई आकर्षित गर्न नयाँ योजना ल्याइएको छ । शनिवार सार्वजनिक हुन लागेको फिल्मको टिजरलाई ‘कपीराइट फ्री’ गर्ने निर्णय गर्दै निर्माण टिमले तीन प्लेटफर्म युट्युब, फेसबुक र टिकटकमार्फत् सर्वाधिक दर्शक ल्याउनेलाई नगद पुरस्कार प्रदान गर्न लागेको हो । 
 
premjung
 
फिल्मका निर्देशक सेनले तीनजना विजेतालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिने जानकारी दिए ।  उनले भने- ‘भ्यूज, कमेन्ट र शेयरको आधारमा उत्कृष्ट हुने युट्युब च्यानल, फेसबुक प्रयोगकर्ता र टिकटकरलाई फिल्मको प्रिमियर सोमा रेड कार्पेटसहित आकर्षक पुरस्कार प्रदान गरिनेछ ।’ यो अफर वैशाख ३ गतेदेखि सुरु भएर साउन २५ गतेसम्म चल्नेछ ।
 
फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठले सामाजिक सञ्जालमा टिजर शेयर गर्दा ‘ह्यासट्याग ‘प्रेमगन्ज’ भदौ ३, ‘प्रेमगन्ज’ हेर्ने दिन’ भनेर फिल्मको अफिसियल पेजमा मेन्सन गर्नुपर्ने जानकारी दिए । निर्देशक परिच्छेद सेनकै लेखन रहेको यो फिल्ममा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का मुख्य भूमिकामा छन् ।
 
premjung
 
फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतको पनि अभिनय रहेको छ । विगत २ दशकदेखि नेपाली फिल्ममा स्पट ब्वाईंको रुपमा काम गर्दै आएका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लागतमा निर्माण भएको हो । फिल्म प्रेमकथामा आधारित छ । 
Most Visited News (monthly)