
चलचित्र विकास बोर्डले २०७६/२०७७ को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरेको छ । आइतवार राष्ट्रपति भवन शितलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षको पुरस्कार तथा सम्मान एकसाथ प्रदान गरेकी हुन् । फिल्म ‘छ माया छपक्कै’बाट दीपकराज गिरीले उत्कृष्ट अभिनेता र ‘आमा’बाट सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका छन् ।

अभिनेता पल शाहलाई जबर्जस्ती करणीको आरोप लगाउने नाबालिग गायिकाले अदालतको बकपत्रमा बयान फेरेकी छन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा नाबालिगले आफूलाई शाहले बलात्कार नगरेको बयान दिएकी हुन् । उनले प्रहरीमा दिएको जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको र प्रहरी आफैँले बयान लेखेको दाबी समेत गरेकी छन् ।

बैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ४’ले बक्सअफिसमा आक्रामक कमाई गरेको छ । प्रदर्शनको दिनदेखि सिंगल र मल्टिीप्लेक्समा हाउसफुल व्यापार गरिरहेको फिल्मले तीन दिनमा २ करोड ४३ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमले एक पोस्टरमार्फत् जनाएको छ । साउथ फिल्म ‘केजीएफ २’को दबादबाबीच पनि फिल्मको यो कमाईलाई बम्पर मान्न सकिन्छ ।

फिल्म रिलिजको संघारमा हुँदा कलाकारहरुले प्रचारमा साथ नदिने रोग फिल्म क्षेत्रका लागि पुरानै हो । निरन्तर काम पाइरहने मेकरको फिल्म छ भने कलाकारहरु जति नै अप्ठयारो अवस्थामा पनि प्रचारमा दौडिन्छन् । तर, नयाँ मेकरको फिल्मको प्रचारमा हिँड्नका लागि विभिन्न बहाना बनाउँछन् । मेकरको अनुहार हेरेर आफ्नै फिल्मप्रति कलाकारहरुले ठूलो विभेद गर्ने गरेका छन् ।

अभिनेता अनमोल केसीका हरेक फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा हुन्छ । उनको एक झल्को हेर्नका लागि मात्रै भएपनि हल पुग्ने दर्शकको संख्या ठूलो छ । उनै, अनमोलले अभिनय गरेको आठौं फिल्म ‘ए मेरो हजुर ४’ यतिबेला प्रदर्शनरत छ । साउथको ठूलो फिल्म ‘केजीएफ २’को हालीमुहालीबीच सुखद् व्यापार गरिरहेको फिल्मले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

आउँदो भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगन्ज’को टिजर सार्वजनिक भएको छ । शनिवार राजधानीमा सम्पन्न विन्ध्यवासिनी अवार्डमा सार्वजनिक गरिएको टिजरमा पात्रको प्रेम र वियोगलाई देखाइएको छ । फिल्मले दुई पुस्ताको प्रेमकथा उठाएको टिजरले प्रस्ट्याउँछ । टिजरमा सुरक्षा पन्त, बेनिशा हमाल, तेज गिरी, राइडर प्रशान्त र सिमरन खड्का फोकस छन् ।

