
अभिनेता महेश त्रिपाठी बुधवारबाट अमेरिकामा सुरु भएको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा फिल्म ‘हल्कारा’बाट उत्कृष्ट अभिनेताको मनोनयनमा पर्न सफल भएका छन् । फेस्टिभलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना अनुसार, महेशले फेस्टिभलमा उत्कृष्ट अभिनेताको विधामा अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धा गर्नेछन् ।

नाफा-घाटा जे भएपनि निरन्तर फिल्म निर्माण गर्दै आएका निर्माता हुन्, अर्जुन कुमार । फिल्म ‘चपली हाइट’बाट बोरामा पैसा घर लगेका उनले यो फिल्मको सिरिजबाहेक ‘फिटकिरी’ र ‘फाटेको जुत्ता’को पनि निर्माण गरिसकेका छन् । अब उनी नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् । आफैंले निर्देशन गर्ने भनेर उनले लकडाउनको समयमा फिल्म ‘गोरे सार्की’ घोषणा गरेका थिए ।

कुनै बेला नेपाली फिल्मलाई बलिउड र हलिउड फिल्मको ठूलो त्रास थियो । त्यो अझै पनि कायम छ । तर, केही वर्षयता साउथ फिल्मले समेत नेपाली फिल्मलाई लखेटिरहेको छ । नेपालमा साउथ फिल्मको बढ्दो क्रेज र सस्तोमा राइट्स पाइने भएकाले नेपालमा साउथको हिन्दी डब खुल्लम खुल्ला भित्रिरहेका छन् । जसले गर्दा नेपाली फिल्मको रिलिज र व्यापार चौपट बनेको छ ।

अभिनेता पल शाहलाई जबर्जस्ती करणीको आरोपमा तनहुँ र नवलपरासी प्रहरीमा जाहेरी दिने नाबालिगका बुबाले पनि अदालतमा बयान फेरेका छन् । आफ्नी नाबालिग छोरीलाई शाहले विभिन्न प्रलोभन देखाई विभिन्न ठाउँमा पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएका नाबालिगका बुबाले मंगलवार जिल्ला अदालत तनहुँमा उपस्थित भएर बकपत्र गर्ने क्रममा बयान फेरेका हुन् ।

साउथ स्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ले बक्सअफिसमा कमाईको रफ्तारलाई कम हुन दिएको छैन । विश्वभर आक्रामक कमाई गरिरहेको फिल्मले बलिउडका ‘ए लिस्टर’ फिल्मको कलेक्सनलाई समेत पछाडि पारेको छ । फिल्मले हिन्दी भर्सनमा प्रदर्शनको ५ दिनमा २ सय १९ करोड ५६ लाखको कमाई गरेको छ । फिल्मले पहिलो दिन मात्रै ५३ करोड कमाएको थियो ।

भनिन्छ, ‘राजनीतिज्ञ र फिल्मकर्मीको बोलीमा विश्वास गर्नु भनेको आफैं मुर्ख हुनु हो ।’ उनीहरु दिउँसो बोलेको आफ्नै कुरा बेलुका बोलेकै छैन भन्दै दलिल पेश गर्छन् । कलाकार तथा निर्माता दीपकराज गिरीले केही वर्ष अगाडि फिल्मको अवार्ड नलिने भनेर घोषणा गरेका थिए । उनी आफ्नो बोलीमा पक्का पनि देखिए । नीजि कम्पनीको अवार्ड कार्यक्रममा उनी उपस्थित भएका छैनन् ।

