Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5737 - 5742 of 23775
फिल्मीखबर, काठमाडौं, 2022-04-19, मंगलवार

हरेक प्रकारको चरित्रमा जीवन्त बाँच्ने कलाकार हुन्, सौगात मल्ल । ‘छड्के’, ‘कागबेनी’, ‘लुट’, ‘कथा’ जस्ता फिल्ममा फरक-फरक चरित्रमा अभिनय गरेका उनी चरित्र निर्माणमा पनि पर्याप्त मेहेनत गर्ने गर्दछन् । तर, ‘लुट’यता उनले निर्वाहा गरेका प्रायः क्यारेक्टर लाउड छन् । यो कुरा उनी आफैंले पनि महशुस गरेका छन् । तर, आफ्नो स्वइच्छाले लाउड अभिनय नगरेको उनको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, 2022-04-19, मंगलवार

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘सिल्ली फो’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलवार एक पोस्टर सार्वजनिक गर्दै असार ३१ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ । पोस्टरमा चार पुरुषहरुलाई भैंसीमाथि चढेर रमाइरहेको देख्न सकिन्छ भने अभिनेत्री केकी अधिकारी खुशी मुद्रामा देखिएकी छन् । पोस्टरले फिल्म कमेडी प्रधान रहेको प्रस्ट्याउँछ ।

फिल्मीखबर, काठमाडौं, 2022-04-18, सोमवार

निमेष प्रधान निर्देशित फिल्म ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक भएको तीन मिनेट चार सेकेन्ड लम्बाईको ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माबीचको प्रेममा आउने उचार-चढावलाई देखाइएको छ । अफिसको सिइओ र कर्मचारीबीचको प्रेमलाई फिल्मले प्रस्तुत गरेको ट्रेलरबाट स्पष्ट बुझ्न सकिन्छ । ट्रेलरमा कमेडी र रोदन पनि मिश्रित छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-04-18, सोमवार

साउथ फिल्म ‘केजीएफ २’मा अधीराको भूमिकामा अभिनेता सञ्जय दत्तको अभिनयको निकै प्रशंसा भइरहेको छ । हालै एक अन्तर्वार्तामा उनले क्यान्सर र ड्रग एडिक्सनको बारेमा बताएका छन् । ड्रग्स सेवनले उनको करिअर नै ध्वस्त भएको थियो । पिता सुनील दत्तको सुझावमा ड्रग्सको लत छुटाउन अमेरिकाको रिह्याब सेन्टरमा बसेका उनी अहिले ड्रग्सबाट पूर्ण रुपमा मुक्त छन् । 

मनिष अन्जान, काठमाण्डौ, 2022-04-18, सोमवार

नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था हो, चलचित्र विकास बोर्ड । राज्यले फिल्म क्षेत्रको विकास, विस्तार र प्रवद्र्धन गर्ने जिम्मेवारी बोर्डलाई सुम्पिएको छ । त्यसैले बोर्डप्रति सिंगो चलचित्र क्षेत्रको आशा, अपेक्षा र भरोसा अडिएको छ । तर, चलचित्र विकास बोर्ड चलाउन दुई वर्षको नियुक्ति पत्र बोकेर आउने अध्यक्षबाट फिल्म क्षेत्रले आजका दिनसम्म अपेक्षाकृत नतिजा पाउन सकेको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2022-04-18, सोमवार

२०७६ सालको फागुनमा छायांकन भइरहँदा फिल्म ‘२ नम्बरी’ कोरोनाको चपेटामा पर्‍यो । कोरोनाका कारण फिल्मको अधुरैमा छायांकन रोकियो । दुई वर्ष फिल्मको काम नै अगाडि बढ्न पाएन । संक्रमण मत्थर भएसँगै कलाकार हेरफेर गर्दै फेरि सुरुबाटै फिल्मको छायांकन थालिएको छ । आइतवार कास्कीको ल्वाङ गाउँमा ‘क्यामेरा अन’ गर्दै फिल्मको छायांकन सुरु भएको हो ।

Results : 5737 - 5742 of 23775
Most Visited News (monthly)