Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5713 - 5718 of 23775
फिल्मीखबर, काठमाण्डौ, 2022-04-24, आईतवार

अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘ए मेरो हजुर ४’ यतिबेला दोस्रो हप्तामा प्रदर्शनरत छ । साउथ फिल्म ‘केजीएफ : च्याप्टर २’को हालीमुहालीबीच पनि बक्सअफिसमा सुखद् व्यापार गरिरहेको फिल्मले पहिलो हप्ता ४ करोड ग्रस कलेक्सन गर्‍यो । दोस्रो हप्तामा पनि फिल्मको कमाई राम्रो रहेको जानकारी प्राप्त छ । फिल्मले दर्शक र समीक्षकबाट भने मिश्रित प्रतिक्रिया पाएको छ ।

फिल्मीखबर, मुम्बई, 2022-04-23, शनिवार

बलिउडमा स्टार किड्स प्रायः चर्चामा रहन्छन् । स्टार किड्सले फिल्ममा प्रवेश गर्न संघर्ष वा मेहेनत नै गर्नुपर्दैन भन्ने सोचाई व्याप्त छ । केहीको हकमा यो लागू पनि हुन्छ । फिल्ममा ठूलो नाम बनाएका कलाकारका सन्तानले फिल्ममा सजिलै ब्रेक पाएका छन् । तर, अभिनेत्री रवीना टन्डन फिल्मी परिवारबाट आएको भएपनि उनले फिल्मसम्मको यात्रा तय गर्न ठूलो संघर्ष गर्नु परेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-04-22, शुक्रवार

अभिनेत्री वर्षा सिवाकोटी बैबाहिक जीवनमा बाँधिएकी छन् । उनले शुक्रवार (आज) काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा प्रेमी आशिष गेलालसँग विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा दुई पक्षका सीमित परिवारका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । वर्षाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी हुन् । 

फिल्मीखबर, काठमाडौं, 2022-04-22, शुक्रवार

अनुभव रेग्मीलाई बाल कलाकारको रुपमा पहिचान दिएको फिल्म हो, ‘नाइँ नभन्नू ल’ सिरिज । दोस्रो श्रृंखलादेखि पाँचौं श्रृंखलासम्म उनले मुख्य भूमिकामा अभिनय गरे । कतिपयले ‘नाइँ नभन्नू ल’ सिरिज चल्नुको कारण अनुभवलाई पनि मान्ने गरेका छन् । दर्शकलाई रुवाउने जिम्मा नै उनको काँधमा हुने गर्थ्यो । तर, अब यो फिल्मको छैटौं सिरिजमा उनको अभिनय नरहने भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2022-04-22, शुक्रवार

निर्देशक शोभित बस्नेतले नयाँ फिल्म ‘हाम्रो स्वर्ग’को छायांकन सुरु गरेका छन् । शुक्रवार जुम्ला जिल्लाको पटमारा गाउँबाट फिल्मको छायांकन सुरु भएको हो । निर्देशक बस्नेतले फिल्ममा मुख्य भूमिकामा नयाँ अनुहारलाई लिएका छन् । मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल बहादुर रोकाया, ललित जङ्ग महतलगायतको फिल्ममा अभिनय रहनेछ ।

Results : 5713 - 5718 of 23775
Most Visited News (monthly)