Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5707 - 5712 of 23775
फिल्मीखबर, काठमाडौं, 2022-04-25, सोमवार

यही बैशाख २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’को प्रमोशनल गीत सार्वजनिक भएको छ । ‘रहस्य’बोलको र्‍याप गीतमा युनिक पोइटको शब्द रचना र स्वर छ भने विशेष पाण्डेले संगीत भरेका छन् । गीतको भिडियोमा एक मर्डर मिस्ट्री (हत्या) को रहस्य पत्ता लगाउन मैदानमा उत्रिएको पत्रकारको उचार-चढावलाई प्रस्तुत गरिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-04-25, सोमवार

अभिनेत्री मिथिला शर्मालाई २०७७ सालको ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बसेको बैठकले अभिनेत्री शर्मालाई पुरस्कार प्रदान गर्ने निर्माण गरेको हो । त्यस्तै, २०७८ सालको ‘हरितारा चलचित्र पुरस्कार’ रंग पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशी ५० हजार छ ।

फिल्मीखबर, काठमाडौं, 2022-04-25, सोमवार

अभिनेत्री वर्षा सिवाकोटी यही बैशाख ९ गते विवाह बन्धनमा बाँधिइन् । उनले आशिष गेलालसँगको केही महिनादेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् । काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा भएको विवाह समारोहमा बेहुला र बेहुली पक्षका सीमित परिवारको मात्र उपस्थिति थियो । वर्षाले फिल्म क्षेत्रका आफू नजिकका कसैलाई पनि बोलाएकी थिइनन् । 

फिल्मीखबर, काठमाडौं, 2022-04-24, आईतवार

फिल्मलाई दर्शकमाझ पुर्‍याउन कलाकारको भूमिका महत्त्वपूर्ण हुन्छ । सिनेमा हलसम्म दर्शकहरुलाई आकर्षित गर्न फिल्मको प्रचारमा कलाकारको उपस्थिति र उनीहरुको ‘कन्भिन्सिङ पावर’ कति सशक्त छ भन्ने कुराले ठूलो अर्थ राख्छ । कलाकारको साथ विना फिल्मको प्रचार खासै प्रभावकारी हुन सक्दैन । तर, एकाध फिल्मले मात्र प्रचारमा कलाकारहरुको साथ पाउने गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2022-04-24, आईतवार

साउथ स्टार यश अभिनीत फिल्म ‘केजीएफ २’ले बक्सअफिसमा रेकर्डतोड सफलता हासिल गरेपछि साउथका कयौं फिल्मलाई एकपटक सोच्न बाध्य बनाएको छ । यो फिल्मको सफलताबाट प्रभावित भएर अभिनेता प्रभासको फिल्म ‘सालार’मा आवश्यक परिवर्तन गरिएको छ भने यसको असर अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा : द राइज’को दोस्रो भागमा पनि देखिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-04-24, आईतवार

हिरोको परम्परागत मानकभित्र अटाउने नाम हो, प्रदीप बाँस्तोला । आकर्षक ज्यान, लोभलाग्दो उचाइँ, चकलेटी लुक्स र राम्रो अभिनय गर्ने क्षमताले उनलाई ‘प्याकेजको हिरो’को कोटीमा उभ्याउँछ । संगीतबाट करिअरको धुव्र रेखा कोरेका उनले फिल्म ‘अर्धकट्टी’बाट नायकको परिचय बनाएका थिए । फिल्मको ‘कोकाकोला फिगर’ गीतले उनलाई दर्शकमाझ चिनाउन मद्दत गर्‍यो ।

Results : 5707 - 5712 of 23775
Most Visited News (monthly)