
पहिलो पटक गोरखा जिल्लाको लाप्राकमा आयोजना भएको तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा फिल्म ‘टुल्की’ले उत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ । शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशन गरेको यो फिल्मले उत्कृष्ट स्क्रिनप्ले (शेखर लामा) को अवार्ड पनि जित्न सफल भयो । बैशाख ५ गते सोमबारदेखि सुरु भएको महोत्सव बैशाख ७ गते बुधवार सकिएको हो ।

नेपाली नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शनमा आएको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ले प्रदर्शनको पहिलो हप्ता बम्पर कमाई गरेको छ । प्रदर्शनको तीन दिनमा २ करोड ४३ लाख कमाएको फिल्मले एक हप्तामा ४ करोड १ लाख ग्रस कलेक्सन गरेको छ । बिहीवार निर्माण टिमले एक पोस्टरमार्फत् फिल्मको एकहप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

नेपाली फिल्ममा राम्रो स्टारडम बनाएका कलाकार हुन्, अनमोल केसी र पूजा शर्मा । उनीहरु आफ्नो स्टारडमले हलसम्म दर्शक तान्ने सामर्थ्य राख्छन् । पूजाले अनमोलका दुई प्रतिस्पर्धी नायकहरु प्रदीप खड्का र पल शाहसँग फिल्ममा काम गरिसकेकी छन् । तर, अनमोलसँग अहिलेसम्म उनको जोडी बाँधिन सकेको छैन । उनीहरुलाई एकसाथ पर्दामा हेर्ने दर्शकहरुको ठूलो इच्छा छ ।

नेपाली फिल्मका तीन सुपरस्टार राजेश हमाल, शिव श्रेष्ठ र भुवन केसी लामो समयपछि एकसाथ देखिएका छन् । बुधवार फिल्म ‘ए मेरो हजुर ४’ हेर्न हल पुगेका पुगेका उनीहरुबीच मिडियाको अगाडि हाँसो-ठट्टा समेत चलेको थियो । भुवन र शिवले राजेश हमालको सन्तानको फिल्म हेर्ने इच्छा व्यक्त गर्दा हमालले आफू अझै बच्चा रहेकाले बच्चाको बच्चा हुन समय लाग्ने बताएका थिए ।

अभिनेत्री केकी अधिकारीले गुपचुप रुपमा बिहे गरेकी छन् । उनले बुधवार परिवारका सीमित सदस्यहरुको उपस्थितिमा व्यवसायी रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । रोहितसँग उनी केही समयदेखि प्रेम सम्बन्धमा थिइन् । उनीहरुको अफेयरको बारेमा केकी नजिकका केही सीमित व्यक्तिलाई मात्र थाहा थियो । केकीले बिहीवार विवाहका तस्विरहरु सार्वजनिक गर्ने बताइएको छ ।

अभिनेता पल शाहले जबर्जस्ती करणी गरेको भन्दै गत फागुन १५ गते नवलपरासीस्थित प्रहरी कार्यालयमा जाहेरी दिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतपछि नवलपरासी जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । बुधवार नवलपरासी जिल्ला अदालतमा उपस्थित भएर बकपत्र गर्ने क्रममा उनले आफूमाथि जबर्जस्ती करणी नभएको र पल शाह निर्दोष रहेको बयान दिएकी हुन् ।

