Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5719 - 5724 of 23775
फिल्मीखबर, काठमाडौं, 2022-04-22, शुक्रवार

निर्माणको तयारीमा रहेको फिल्म ‘के घर के डेरा’मा अभिनेत्री सुरक्षा पन्तको प्रवेश भएको छ । उनीसँग शुक्रवार निर्माण टिमले कागजी सम्झौता गरेको हो । उनी फिल्ममा कसैको ठाउँमा भित्रिएकी भने होइनन् । निर्देशक र निर्माता हेरफेर भएसँगै कथावस्तुमा पनि केही परिवर्तन गरिएपछि निर्माण पक्षले मुख्य भूमिकामा एक कलाकार बढाउँदै सुरक्षालाई अनुबन्ध गरेको हो । 

एजेन्सी, मुम्बई, 2022-04-22, शुक्रवार

विभिन्न कारणले अभिनेता सलमान खानको नयाँ फिल्म ‘कभी ईद कभी दिवाली’ चर्चामा छ । पहिला यो फिल्मलाई निर्माता साजिद नाडियाडवालाले निर्माण गर्दै थिए । तर, अब सलमानको प्रोडक्सन हाउसले फिल्मको निर्माण गर्ने भएको छ । ‘हाउसफुल ४’का निर्देशक फरहाद सामजीले निर्देशन गर्ने फिल्ममा सलमानले कलाकार पनि हेरफेर गरेको बलिउड हंगामाले उल्लेख गरेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2022-04-22, शुक्रवार

स्थानीय निर्वाचन नजिकिँएसँगै राजनीति दलहरु वडा, नगरपालिका, महानगर र उपमहानगरमा उम्मेदवारको नाम टुंगो लगाउन जुटेका छन् । विभिन्न राजनीति दलमा आबद्ध कलाकारहरु पनि टिकट पाउनका लागि दौडधुप गरिरहेका छन् । यसैक्रममा, राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयर पदमा कलाकार मदनदास श्रेष्ठलाई उठाउने तयारी गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-04-22, शुक्रवार

फिल्म ‘टिस्टा पारीको साइनो’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका खिलबहादुर गुरुङ निर्देशित नयाँ फिल्म ‘मन्त्र’ बैशाख १६ गतेबाट प्रदर्शनमा आउँदैछ । ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्याम्पमा छायांकन भएको फिल्मले दर्शकलाई फरक प्रेमकथाको आभास दिलाउने निर्देशक गुरुङको दाबी छ । उनी फिल्मलाई अर्गानिक भन्न रुचाउँछन् । 

फिल्मीखबर, काठमाडौं, 2022-04-22, शुक्रवार

चकलेटी नायकहरुको भीडमा अब्बल अभिनय गर्ने कलाकारको दर्जामा आउने नाम हो, कार्म शाक्य । हरेक प्रकारको भूमिकामा जीवन्त उत्रन सक्ने खुबी भएका उनले फिल्म ‘सानो संसार’बाट अभिनय करिअर सुरु गरेका थिए । त्यसयता तीन दर्जनभन्दा बढी फिल्ममा आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेका उनलाई दर्शकहरुले विशेषगरी चकलेटी भूमिकामा रुचाउने गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-04-21, बिहिवार

पर्दामा कयौं पटक बेहुली बनिसकेकी अभिनेत्री केकी अधिकारी बिहीवार वास्तविक जीवनमा बेहुली बनेकी छन् । बुधवार (हिजो) नै उनले विवाह गरेको खबर बाहिरिएको थियो । तर, बुधवार उनको मेहेन्दी सेरोमनी मात्र भएको थियो । बिहीवार उनले हिन्दू परम्पराअनुसार रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । उनले फेसबुकमा विवाहका तस्विरहरु समेत सार्वजनिक गरेकी छन् ।

Results : 5719 - 5724 of 23775
Most Visited News (monthly)