Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5695 - 5700 of 23775
फिल्मीखबर, काठमाडौं, 2022-04-28, बिहिवार

बैशाख १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन्त्र’ले प्रिमियरमा सुखद् प्रतिक्रिया बटुलेको छ । बुधवार साँझ राजधानीको बिग मुभिजमा आयोजित प्रिमियरमा उपस्थित फिल्मकर्मीहरुले छायांकन, लोकेशन, ब्याकग्राउन्ड स्कोरको प्रशंसामा शब्द खर्चिए । फिल्मको प्रिमियरमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको पनि उपस्थिति रहेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-04-27, बुधवार

यस वर्षको प्रतिक्षीत फिल्म ‘कबड्डी ४’को ट्रेलर सार्वजनिक भएको छ । चार मिनेट २८ सेकेन्ड लम्बाईको ट्रेलर कमेडीले भरपुर छ । अघिल्ला तीन सिरिजमा मैयाँको प्रेम पाउन नसकेर विरक्तिएका काजी (दयाहाङ राई) सँग शहरबाट गाउँको एक स्कूलमा पढाउन आएकी मिस शान्ति (मिरुना मगर) नजिक बनेपछि आउने उतार-चढावलाई ट्रेलरमा रोचक तरिकाले देखाइएको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-04-27, बुधवार

आउँदो जेठ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । अमेरिकामा अकेशा विष्ट र नेपालमा शिल्पा मास्केसँग झाँगिएको ब्यास बिस्सुको प्रेम र ग्रिनकार्ड पाउन गर्ने संघर्षमा फिल्म आधारित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-04-27, बुधवार

नेपाली फिल्मका बाघ निर्माताको रुपमा चिनिने छविराज ओझालाई मातृशोक परेको छ । उनकी ९९ वर्षिय आमा डम्बरकुमारी ओझाको मंगलवार विहान निधन भएको हो । धरानस्थित नीजि निवासमा निर्माता ओझाकी आमाको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् छविराजकी आमाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

एजेन्सी, मुम्बई, 2022-04-27, बुधवार

साउथ फिल्म ‘पुष्पा’ र ‘आरआरआर’पछि ‘केजीएफ २’ले भारतीय बक्सअफिसमा सुनामी ल्याएको छ । दशकौंदेखि हलिउड फिल्मबाट तर्सिँदै आएको बलिउडका लागि अब साउथ फिल्म चुनौती बनेर उभिएको छ । कमाईमा मात्र होइन कन्टेन्टमा पनि बलिउडभन्दा साउथ अगाडि देखिएको छ । यसैले त वर्षौंदेखि बलिउडमा साउथ फिल्मको रिमेक निर्माण हुँँदै आएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-04-27, बुधवार

न्यूरोडमा अवस्थित रञ्जना सिनेप्लेक्सले साताको दुई दिन सस्तो मुल्यमा दर्शकलाई फिल्म देखाउने भएको छ । ३ सय ५० रुपैयाँ टिकट दर कायम गरेर सञ्चालनमा आएको हलले अबदेखि साताको दुई दिन १ सय ७५ रुपैयाँमा नै फिल्म देखाउन लागेको हो । प्रत्येक बुधवार र बिहीवार दर्शकहरुले नेपाली र विदेशी फिल्म उक्त मुल्यमा हेर्न पाउने म्यानेजर विनोद पौडेलले जानकारी दिए ।

Results : 5695 - 5700 of 23775
Most Visited News (monthly)