Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाइँ नभन्नू ल ६’मा अनुभव नहुने, आँचल जोडिइन्

फिल्मीखबर, काठमाडौं, 2022/04/22
anubhav regmi  and aachal sharma
 
अनुभव रेग्मीलाई बाल कलाकारको रुपमा पहिचान दिएको फिल्म हो, ‘नाइँ नभन्नू ल’ सिरिज । दोस्रो श्रृंखलादेखि पाँचौं श्रृंखलासम्म उनले मुख्य भूमिकामा अभिनय गरे । कतिपयले ‘नाइँ नभन्नू ल’ सिरिज चल्नुको कारण अनुभवलाई पनि मान्ने गरेका छन् । दर्शकलाई रुवाउने जिम्मा नै उनको काँधमा हुने गर्थ्यो । तर, अब यो फिल्मको छैटौं सिरिजमा उनको अभिनय नरहने भएको छ । 
 
अनुभव अहिले हर्लक्कै बढेका छन् । उनलाई अब न बाल कलाकारको रुपमा अभिनय गर्न सुहाउँछ न उमेर र कदले हिरो बन्न । यही कारण निर्देशक विकासराज आचार्यले छैटौं सिरिजमा अनुभवलाई नलिने भएका हुन् । ‘नाइँ नभन्नू ल’ सिरिजबाट अनुभव हट्दा अभिनेत्री आँचल शर्मा भने मुख्य भूमिकामा देखिने भएकी छन् । उनले फिल्ममा काम गर्ने मौखिक सहमति भइसकेको छ ।
 
निर्देशक आचार्यले फिल्ममा आँचलले अभिनय गर्ने लगभग पक्का भएको तर कागजी सम्झौता हुन बाँकी रहेको जानकारी दिए । आँचलले निर्देशक मिलन चाम्सको फिल्म ‘बर एन्ड बधु’को छायांकन सकाएपछि ‘नाइँ नभन्नू ल ६’का लागि समय दिनेछिन् । उनलाई फिल्मको कथावस्तु र चरित्र मन परेको छ । उनले यही फिल्मको चौथो पार्टबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । 
 
सामिप्यराज तिमल्सिना र विकासराज आचार्यले मिलेर फिल्मको कथा लेखेका हुन् । पहिला ‘नाइँ नभन्नू ल ६’मा बाल कलाकार सेड्रिना शर्माको पनि अभिनय रहने बताइएको थियो । उनी ठूलो भएपछिको भूमिकाका लागि अभिनेत्री मलिका महतलाई अफर गरिएको थियो । तर, अब निर्देशक आचार्यले कथालाई परिवर्तन गरेका छन्, जसमा सेड्रिनाको पनि अभिनय नरहने भएको छ ।
Most Visited News (monthly)