Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5701 - 5706 of 23775
फिल्मीखबर, काठमाडौं, 2022-04-26, मंगलवार

गत बर्षको पुष १६ गते प्रदर्शनमा आएको व्यावसायिक सफल फिल्म ‘कठपुतली’ले दर्शकलाई हलसम्म आकर्षित गर्नका लागि उपहार योजना अगाडि सारेको थियो । फिल्म हेर्नका लागि हलको काउन्टरबाट काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक जनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गर्ने घोषणा गरिएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2022-04-26, मंगलवार
फिल्मीखबर, काठमाण्डौ, 2022-04-26, मंगलवार

अमेरिकाको टेक्सासमा यही अप्रिल २० देखि २४ सम्म आयोजना भएको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा नेपाली अभिनेता महेश त्रिपाठीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । उनले फिल्म ‘हल्कारा’ (द पोस्टम्यान) बाट अवार्ड प्राप्त गरेका हुन् । उनले उत्कृष्ट अभिनेताको मनोनयनमा अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धा गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2022-04-26, मंगलवार

बलिउडको सुपरहिट फिल्म ‘गजनी’मा मुख्य भिलेनमा अभिनय गरेका प्रदीपराज रावत पहिलो पटक नेपाली फिल्ममा देखिने भएका छन् । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा उनले अभिनय गर्ने पक्का भएको हो । सोमवार सामाजिक सञ्जालमार्फत् नीताले फिल्ममा प्रदीपराजलाई अनुबन्ध गरिएको जानकारी गराइन् ।

फिल्मीखबर, काठमाडौं, 2022-04-25, सोमवार

२०७८ सालको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु २’ अब विदेशमा प्रदर्शन हुने भएको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको वितरण गर्दै आएको नेपसिनेले अमेरिका, यूके, अष्ट्रेलिया, क्यानडालगायतका देशको प्रदर्शन अधिकार किनेको हो । सोमबार नेपसिनेका नेपाल प्रमुख विधान कार्कीसँग निर्माताद्वय सुदर्शन थापा र पूजा शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एजेन्सी, मुम्बई, 2022-04-25, सोमवार

साउथ फिल्म ‘केजीएफ २’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । प्रदर्शनको पहिलो हप्ता २ सय ५० करोडको आँकडा पार गरेको फिल्मले दोस्रो हप्ताको विकेन्डसम्म आइपुग्दा हिन्दी भर्सनमा मात्र ३ सय २१ करोड कमाएको छ । फिल्मले दोस्रो हप्तामा पनि प्रत्येक दिन १५-२० करोड कमाईरहेको छ । फिल्मले हिन्दी भर्सनमा मात्र ५ सय करोड छाप्ने अनुमान गरिएको छ । 

Results : 5701 - 5706 of 23775
Most Visited News (monthly)