Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोल भन्छन्, ‘सबैभन्दा ठूलो समीक्षक दर्शक हुन्’

फिल्मीखबर, काठमाण्डौ, 2022/04/24
 
अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘ए मेरो हजुर ४’ यतिबेला दोस्रो हप्तामा प्रदर्शनरत छ । साउथ फिल्म ‘केजीएफ : च्याप्टर २’को हालीमुहालीबीच पनि बक्सअफिसमा सुखद् व्यापार गरिरहेको फिल्मले पहिलो हप्ता ४ करोड ग्रस कलेक्सन गर्‍यो । दोस्रो हप्तामा पनि फिल्मको कमाई राम्रो रहेको जानकारी प्राप्त छ । फिल्मले दर्शक र समीक्षकबाट भने मिश्रित प्रतिक्रिया पाएको छ ।
 
हरेक फिल्ममा अभिनयको आलोचना खेप्दै आएका अनमोलको यसपटक धेरथोर तारिफ भएको छ । तर, उनको अभिनयको तारिफ गर्ने उनका फ्यान बढी छन् । समीक्षकले भने उनको अभिनयमा सुधार भएको देखेका छैनन् । शनिवार राजधानीको अष्टनारायण हलमा दर्शकहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने क्रममा उनले आफ्नो लागि सबैभन्दा ठूलो समीक्षक दर्शक रहेको बताए ।
 
उनले भने- ‘हामीले फिल्म दर्शकका लागि बनाएका हौं । दर्शकले नै मन पराइदिनुभएको छ, त्यो नै हाम्रो लागि खुशीको कुरा हो । हाम्रो लागि सबैभन्दा ठूलो समीक्षक दर्शक हुन् । कलाकारलाई दर्शकले बनाउने हो, समीक्षकले होइन । त्यसैले दर्शकको माया नै हाम्रो लागि ठूलो कुरा हो ।’ उनले विदेशी फिल्मका कारण ‘ए मेरो हजुर ४’लाई प्रदर्शकले गरेको विभेदप्रति पनि चित्त दुखाए । 
 
‘प्रदर्शकले नेपाली फिल्मलाई गरेको विभेदले मन त दुख्छ नै । नेपाल सरकारले नेपाली फिल्ममा सहयोग गरिदिएको भए अझ राम्रो हुने थियो । सरकारले सहयोग नगरे पनि दर्शकहरुले साथ दिनुभएको छ, त्यही ठूलो कुरा हो,’ उनले भने । शनिवारबाट ‘ए मेरो हजुर ४’को हल दौडाहा सकाएका अनमोल यसै साता नयाँ फिल्म ‘हनी बनी’को छायांकनका लागि बेलायत प्रस्थान गर्दैछन् । 
Most Visited News (monthly)