Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता छविराज ओझालाई मातृशोक

फिल्मीखबर, काठमाडौं, 2022/04/27
chhabiraj ojha
 
नेपाली फिल्मका बाघ निर्माताको रुपमा चिनिने छविराज ओझालाई मातृशोक परेको छ । उनकी ९९ वर्षिय आमा डम्बरकुमारी ओझाको मंगलवार विहान निधन भएको हो । धरानस्थित नीजि निवासमा निर्माता ओझाकी आमाको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । फिल्मकर्मीहरुले सामाजिक सञ्जालमार्फत् छविराजकी आमाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 
 
छविराज आमासँग निकै नजिक थिए । काठमाडौंमा बसोबास गर्ने भए पनि उनी आमासँग भेट गर्न धरान पुगिरहेका हुन्थे । नयाँ कामको थालनी गर्दा उनी सबैभन्दा पहिला आमाको आर्शिवाद लिन धरान जाने गर्थे । छविराजले आफूले निर्माण गरेको पछिल्लो फिल्म ‘मंगलम’ आमालाई इटहरीको एक हलमा लगेर देखाएका थिए । त्यसबेला अभिनेत्री शिल्पा पोखरेल पनि साथमा थिइन् ।
 
निर्माता ओझाले ‘मंगलम’पछि नयाँ फिल्म बनाएका छैनन् । गत वर्ष शिल्पा पोखरेलसँगको घरायसी झगडाले कानुनी झमेलामा फसेका उनलाई अदालतले ‘क्लिन चिट’ दिइसकेको छैन । अदालतमा मुद्धा विचाराधिन रहेको अवस्थामा छविराज भने नयाँ फिल्म निर्माणको तयारीमा छ । उनको नयाँ फिल्मलाई नवराज शर्माले निर्देशन गर्दैछन् । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ ।
Most Visited News (monthly)