Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5689 - 5694 of 23775
फिल्मीखबर, काठमाण्डौ, 2022-04-29, शुक्रवार

आफूले पाएको चरित्रमा डुबेर अभिनय गर्ने अभिनेताको रुपमा चिनिन्छिन्, गौरव पहारी । डेब्यू फिल्म ‘मञ्जरी’बाटै आफूलाई राम्रो अभिनय गर्ने कलाकारको दर्जामा उभ्याएका उनले प्रायः फिल्ममा प्रशंसनीय अभिनय गरेका छन् । तर, उनी अचेल फिल्ममा लिड हिरोभन्दा चरित्र अभिनेतामा बढी जमेका छन् । भूमिका सानै भए पनि उनले हातमा आएको फिल्म हत्तपत्त नकार्ने गरेका छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2022-04-29, शुक्रवार

निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म ‘वर एण्ड वधु’मा अभिनेत्री साम्रात्री आरएल शाहलाई अनुबन्ध गरेका छन् । यसै हप्ता साम्राज्ञीसँग मिलनले कागजी सम्झौता गरेका हुन् । फिल्ममा यसअघि अभिनेत्री आँचल शर्मा अनुबन्ध भइसकेकी छन् । अब पहिलो पटक साम्राज्ञी र आँचल एकसाथ देखिनेछन् । यस फिल्ममा नव–नायक विवेक कर्माचार्यको पनि मुख्य भूमिका रहनेछ ।

फिल्मीखबर, काठमाडौं, 2022-04-29, शुक्रवार

अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनीत फिल्म ‘मन्त्र’ प्रदर्शनमा आएको छ । करीब ४ वर्ष अगाडि निर्माण भएको फिल्मले शुक्रवारबाट प्रदर्शन थालनी गरेको हो । बुधवार साँझ राजधानीमा भएको प्रिमियरमा सुखद् प्रतिक्रिया बटुलेको फिल्मले दर्शकबाट राम्रो साथ पाउनेमा निर्माण टिम विश्वस्त छ । हिमाली प्रेमकथा भनिएको यस फिल्मलाई मनास्लु क्षेत्रमा खिचिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2022-04-28, बिहिवार

माधवराज खरेल निर्देशित फिल्म ‘चिट्ठी’को सम्पूर्ण छायांकन सकिएको छ । गत वर्ष छायांकन भइरहेको समयमा नायक सञ्जित भण्डारी घाइते भएपछि फिल्मको छायांकन रोकिएको थियो । नायक भण्डारी पूर्ण रुपमा निको भएपछि बैशाख पहिलो साताबाट फिल्मको बाँकी छायांकन सुरु गरिएको थियो । बुधवारबाट फिल्मको सुटिङ प्याकअप भएको निर्देशक खरेलले जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2022-04-28, बिहिवार

२०६३ सालको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेल आगामी साउन २० गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीवार निर्माण टिमले तीनवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा फिल्मका तीन अभिनेत्रीहरु आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत छन । फिल्मको मूल कथा नै उनीहरुमाथि केन्द्रित रहेको पोस्टरले बुझाउँछ । 

फिल्मीखबर, काठमाडौं, 2022-04-28, बिहिवार

अभिनेत्री ऋचा शर्मा अभिनीत तथा निर्मित फिल्म ‘कौसीद’को रिलिज रोकिएको छ । आगामी जेठ २७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएको हो । पोस्ट प्रोडक्सन (साउण्डदेखि कलरसम्म) को काम सकिन समय लाग्ने र पब्लिसिटीका लागि पर्याप्त समय नपुग्ने भएपछि रिलिज स्थगन गरिएको निर्देशक कुमार भाष्करले जानकारी दिए ।

Results : 5689 - 5694 of 23775
Most Visited News (monthly)