Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रञ्जना सिनेप्लेक्समा १७५ रुपैयाँमा फिल्म हेर्न पाइने

फिल्मीखबर, काठमाडौं, 2022/04/27
ranjana cineplax
 
न्यूरोडमा अवस्थित रञ्जना सिनेप्लेक्सले साताको दुई दिन सस्तो मुल्यमा दर्शकलाई फिल्म देखाउने भएको छ । ३ सय ५० रुपैयाँ टिकट दर कायम गरेर सञ्चालनमा आएको हलले अबदेखि साताको दुई दिन १ सय ७५ रुपैयाँमा नै फिल्म देखाउन लागेको हो । प्रत्येक बुधवार र बिहीवार दर्शकहरुले नेपाली र विदेशी फिल्म उक्त मुल्यमा हेर्न पाउने म्यानेजर विनोद पौडेलले जानकारी दिए । 
 
दर्शकहरुलाई सुविधा दिने हेतुले साताको दुई दिन टिकट मुल्य सस्तो बनाइएको पौडेलको भनाई छ । यसले हलप्रति दर्शकको आकर्षण बढाउने पनि उनको विश्वास छ । राजधानीका अन्य मल्टीप्लेक्सहरुले पनि हप्ताको एक वा दुई दिन फिल्मको टिकट मुल्य आधा कम बनाएका छन् । सिंगल थिएटरको तुलनामा मल्टीप्लेक्समा फिल्मको टिकट मुल्य दोब्बरले महंगो हुने गरेको छ । 
 
२०१४ सालबाट सञ्चालनमा आएको रञ्जना हल नेपालको दोस्रो पुरानो सिनेमा हल हो । मल निर्माण गर्न भन्दै २०६५ सालमा रञ्जना हल बन्द गरिएको थियो । हल बन्द भएको १३ वर्षपछि रञ्जना सिनेप्लेक्सको नाममा दिएर चैत ११ गते साउथ फिल्म ‘आरआरआर’ प्रदर्शन गर्दै सञ्चालनमा आएको यस हलमा तीन अडिटोरियम छन् भने ५३१ जना दर्शकले एकसाथ बसेर फिल्म हेर्न सक्नेछन् ।
 
कालु गुरुङ, वीरेन्द्रनारायण महर्जन र नरेन्द्र महर्जनले मिलेर सञ्चालनमा ल्याएको हलमा फोरके प्रोजेक्टर जडान गरिएको छ । नेपालमै पहिलो पटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको हलमा थ्रिडि फिल्मका पारखीहरुलाई लक्षित गरि थ्रिडि सिस्टम समेत जोडिएको छ । १३ वर्ष बन्द भएर अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको हलले दर्शकको राम्रो साथ पाएको छ । 
Most Visited News (monthly)