Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिषेक भन्छन्, ‘कन्टेन्टको कमीले बलिउडले साउथ फिल्मको रिमेक गरेको होइन’

एजेन्सी, मुम्बई, 2022/04/27
abhishek bachchan
 
साउथ फिल्म ‘पुष्पा’ र ‘आरआरआर’पछि ‘केजीएफ २’ले भारतीय बक्सअफिसमा सुनामी ल्याएको छ । दशकौंदेखि हलिउड फिल्मबाट तर्सिँदै आएको बलिउडका लागि अब साउथ फिल्म चुनौती बनेर उभिएको छ । कमाईमा मात्र होइन कन्टेन्टमा पनि बलिउडभन्दा साउथ अगाडि देखिएको छ । यसैले त वर्षौंदेखि बलिउडमा साउथ फिल्मको रिमेक निर्माण हुँँदै आएका छन् ।
 
तर, अभिनेता अभिषेक बच्चन बलिउडले कन्टेन्टको अभावमा साउथ फिल्मको रिमेक नबनाएको दाबी गर्छन् । उनी भन्छन्, ‘बलिउडले कन्टेन्टको कमीका कारण साउथ फिल्मको रिमेक बनाएको होइन । के साउथमा बलिउडको रिमेक बनेका छैनन् र ? हामी सबै भारतीय फिल्म इन्डस्ट्रीको हिस्सा हौैं । हामी अलग-अलग भाषामा काम गर्छौं तर हाम्रो इन्डस्ट्रीको छानो एउटै हो ।’ 
 
कलाकारले सधैं दर्शकका लागि काम गर्ने भएकाले कुनै पनि इन्डस्ट्रीसँग तुलना गर्नु गलत रहेको उनको तर्क छ । हिन्दी वा कुनै पनि भाषाको फिल्मको रिमेक बन्नु नौलो कुरा नभएको उनी बताउँछन् । कन्टेन्टको आदान-प्रदान हुनुलाई गलत रुपमा ब्याख्या गर्न आवश्यक नभएको उनको धारणा छ । साउथ फिल्मले हिन्दीमा राम्रो कमाई गर्नुलाई उनले सकारात्मक रुपमा लिएका छन् ।
 
उनी अगाडि भन्छन्, ‘वर्तमान समयमा साउथका फिल्मले हिन्दीमा पनि राम्रो प्रदर्शन गरिरहेका छन् । यो खुशीको कुरा हो । राम्रो फिल्मले जहाँ पनि राम्रै प्रदर्शन गर्छ । बलिउड फिल्मले पनि साउथमा राम्रो प्रदर्शन गरेका कयौं घटना छन् । हामी एक ठूलो परिवारको सदस्य हौं र कन्टेन्टको आदान प्रदान हुनु सामान्य कुरा हो ।’ अभिषेक बच्चन हालै फिल्म ‘दसवीं’मा देखिएका थिए । 
Most Visited News (monthly)