Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5677 - 5682 of 23775
फिल्मीखबर, काठमाडौं, 2022-05-03, मंगलवार

माता र पिता फिल्मसँग जोडिएकाले अभिनेत्री सुहाना थापा फिल्मी माहोलमै हुर्किइन् । ठूूलो भएपछि अध्ययनको शिलशिलामा अमेरिका गएकी उनले अन्ततः परिवारकै विरासत सम्हालेकी छन् । आमा झरना थापाले निर्देशन र पिता सुनिल कुमारले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ३’बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरिन् । उनलाई डेब्यू फिल्मले नै सफलताको उचाईमा पुर्‍यायो ।

फिल्मीखबर, काठमाडौं, 2022-05-03, मंगलवार

एक समय नेपाली फिल्ममा अभिनेता आर्यन सिग्देलको ठूलो रजगज थियो । लभस्टोरी फिल्ममा उनी निर्विकल्प झैं थिए । चकलेटी लुक्स र राम्रो अभिनय गर्ने क्षमताले पहिलो फिल्म ‘किस्मत’पछि उनले करिअर फर्केर हेर्नै परेन । उनी निरन्तर सफलताको सिडी चढ्दै गए । तर, केही वर्षयता उनको करिअर खासै सुखद् छैन । उनका पछिल्ला प्रायः फिल्म बक्सअफिसमा डिजास्टर छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-05-02, सोमवार

अभिनेता कार्म रंगमञ्च हुँदै फिल्ममा भित्रिएका हुन् । स्कूले जीवनदेखि नै उनी नाटकसँग नजिक थिए । स्कूलमा हुने नाटकमा उनी अनिवार्य अभिनय गर्थे । पछि गुरुकुलमा लामो समय नाटकमा काम गरेका उनलाई रंगमञ्चले नै फिल्मको हिरो बन्ने बाटो खोल्यो । फिल्म ‘सानो संसार’बाट अभिनेताको रुपमा सुखद् डेब्यू गरेका उनी फिल्ममा आएपछि पनि नाटकबाट टाढा हुन सकेका छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2022-05-02, सोमवार

शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता सौगात मल्ल र अभिनेत्री दीया मास्के अभिनीत फिल्म ‘मन्त्र’ले घरेलु बक्सअफिसमा उत्साहजनक व्यापार गर्न सकेको छैन । तथापि, फिल्मले प्रतिक्रिया भने सुन्न लायक नै पाएको छ । विशेषगरी फिल्मको छायांकन, लोकेशन, ब्याकग्राउन्ड स्कोरको प्रशंसा भएको छ । प्रदर्शनअघि गरिएको प्रिमियरमा पनि फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-05-02, सोमवार

हिटको ग्यारेन्टी गर्ने नायकको रुपमा चिनिन्छन्, अनमोल केसी । ‘कृ’ र ‘क्याप्टेन’को व्यापारलाई विर्सने हो भने उनका प्रायः फिल्म बक्सअफिसमा सफल छन् । उनको स्टारडमले नै फिल्म सफल बनाउने ल्याकत राख्छ । यसैले युवापुस्तालाई लक्षित गरेर फिल्म बनाउन चाहने हरेक मेकरको पहिलो रोजाईमा उनी हुने गरेका छन् । मागअनुसार उनको पारिश्रमिक पनि उकालोलाग्दो छ ।

एजेन्सी, मुम्बई, 2022-05-01, आईतवार

साउथ फिल्म ‘केजीएफ २’को दबदबाबीच यसै साताको शुक्रवारबाट प्रदर्शनमा आएको दुई बलिउड फिल्म ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ बक्सअफिसमा निरीह देखिएका छन् । ट्रेलरले दुवै फिल्मप्रति अपेक्षा चुल्याएको भए पनि दर्शकहरुले हलसम्म पुग्ने जाँगर चलाएका छैनन् । जसले गर्दा दुवै फिल्मले बक्सअफिसबाट लगानीको ५० प्रतिशत उठाउने सम्भावना पनि न्यून देखिएको छ ।

Results : 5677 - 5682 of 23775
Most Visited News (monthly)