Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5683 - 5688 of 23775
फिल्मीखबर, काठमाडौं, 2022-05-01, आईतवार

फिल्म ‘क्याप्टेन’बाट सानदार रुपमा उदाएकी अभिनेत्री उपासना सिंह ठकुरीलाई दोस्रो फिल्म ‘कबड्डी २’ले सफलताको उचाईंमा पुर्‍यायो । त्यसयता उनको नेपाली फिल्ममा उच्च माग छ । उनले कोभिडयता ‘डिसेम्बर फल्स’, ‘सत्यम्’ र ‘दुई नम्बरी’ गरी तीन फिल्म साइन गरिन् । जसमध्ये ‘डिसेम्बर फल्स’को केही प्रतिशत छायांकन मात्र बाँकी छ भने ‘सत्यम्’को छायांकन अन्योल छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-05-01, आईतवार

फिल्म साइन गरेर पछि विभिन्न कारण देखाउँदै हात झिक्ने मामलामा सबैभन्दा अगाडि देखिएका अभिनेता अनमोल केसीले अर्को फिल्म पनि छाडेका छन् । गत चैतमा उनले दीवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’ साइन गरेका थिए । स्क्रिप्ट पढेको दुई दिनमै उनी फिल्ममा काम गर्न तयार भएका थिए । तर, छायांकनमा निस्कने समयमा उनी यो फिल्मबाट अलग भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-05-01, आईतवार

बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । देशभर राजनीतिक दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि ठूलो छ । तर, यतिबेला सबैको ध्यान देशको राजधानी काठमाडौंले तानेको छ । महानगर हत्याउन दुई ठूला राजनीति दल नेकपा एमालेले मेयरमा केशव स्थापितलाई टिकट दिएको छ भने नेपाली कांग्रेसले सृजना सिंहलाई मेयरको उम्मेदवार बनाएको छ । 

एजेन्सी, मुम्बई, 2022-04-30, शनिवार

बलिउड फिल्मका लागि बक्सअफिसमा २५/३० करोड कमाउन पनि मुश्किल परिरहेको समयमा साउथ फिल्मले भने कमाईमा एकसेएक रेकर्ड बनाउँदै गएका छन् । ‘पुष्पा’ र ‘आरआरआर’पछि १४ अप्रिलमा प्रदर्शनमा आएको साउथ फिल्म ‘केजीएफ २’ले सफलताको नयाँ बेन्चमार्क बनाएको छ । फिल्मले प्रदर्शनको तेस्रो हप्तामै हिन्दी भर्सनमा ३५० करोड कमाउन सफल भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-04-30, शनिवार

नेपाली फिल्ममा दुई वर्गका कलाकारहरु छन् । एउटा वर्ग रंगमञ्च हुँदै फिल्ममा भित्रिएको छ । अर्को वर्ग फिल्मबाटै जन्मिएको हो । वर्तमान सिनारियो हेर्ने हो भने नेपाली फिल्म क्षेत्रमा दुवै वर्गका कलाकारहरुको बलियो उपस्थिति छ । फरक पृष्टभूमिबाट आएका कलाकारका कारण दर्शकहरुले पनि फरक स्वादका फिल्म पाइरहेका छन् । यो फिल्म क्षेत्रकै लागि नै सुखद् कुरा हो ।

फिल्मीखबर, काठमाडौं, 2022-04-29, शुक्रवार

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’को दुई हप्ते कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । प्रदर्शनको पहिलो हप्ता घरेलु बक्सअफिसमा ४ करोड १ लाख कमाएको फिल्मले दोस्रो हप्तामा १ करोड ५ लाखको व्यापार गरेको निर्माण टिमद्वारा जारी रिपोर्टमा उल्लेख छ । पहिलो र दोस्रो हप्ताको कलेक्सन प्लस गर्दा फिल्मले दुई हप्तामा ५ करोड ६ लाखको कमाई गरेको छ । 

Results : 5683 - 5688 of 23775
Most Visited News (monthly)