Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5665 - 5670 of 23775
फिल्मीखबर, काठमाडौं, 2022-05-06, शुक्रवार

बैशाख १ गतेबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ र साउथ फिल्म ‘केजीएफ २’को बक्सअफिसमा प्रभाव कम हुन थालेपछि शुक्रवारबाट दुई नेपाली फिल्म ‘षट्कोण’ र ‘लक्का जवान’ प्रदर्शनमा आएका छन् । यी दुवै फिल्म फरक जनरामा निर्माण भएका हुन् । ‘षट्कोण’ले साइकोलिजी थ्रिलर जनरा बोकेको छ भने ‘लक्का जवान’ कमेडी विषयवस्तुमा बनेको हो ।

फिल्मीखबर, काठमाडौं, 2022-05-05, बिहिवार

यही बैशाख ५ गतेदेखि ७ गतेसम्म गोरखा जिल्लाको लाप्राकमा आयोजना भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ) का विजेतालाई अवार्ड वितरण गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच आयोजक संस्था सेलिब्रेटी नेपालले विभिन्न विधामा उत्कृष्ट हुने फिल्मकर्मीलाई अवार्ड वितरण गरेको हो । यस महोत्सवमा जुरी टिमले ९ विधामा उत्कृष्ट छनोट गरेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-05-05, बिहिवार

केही महिनायता नेपाली बक्सअफिमा साउथ फिल्मले एकलौटी रजाई गरिरहेको छ । गत पुषमा ‘पुष्पा’, गत चैतमा ‘आरआरआर’ र बैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘केजीएफ २’ले नेपालमा आक्रामक कमाई गर्‍यो । यी तीनवटै साउथ फिल्मको कमाई सिंगल थिएटरभन्दा मल्टीप्लेक्टमा आक्रामक थियो । अब एक हलिउड फिल्मले फेरि नेपाली बक्सअफिस तताउने देखिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-05-05, बिहिवार

नेपाली कलाकारहरु कुन विषयमा के बोल्नुपर्छ र आफूले बोल्ने शब्दको अर्थ के हुन्छ भन्ने कुराको हेक्का नै गर्दैनन् । मुखमा आएको कुरा सेन्सर नगरी बोलिदिन्छन् । यसैले बेला-बखतमा कलाकारहरु आफ्नै बोलीले आलोचित र विवादित बन्ने गरेका छन् । समाजका मार्गदर्शक मानिने कलाकारहरुले गम्भीर विषयमा समेत हलुका अभिव्यक्ति दिँदा कला क्षेत्र नै बदनाम बनेको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-05-05, बिहिवार

अभिनेता प्रदीप खड्कालाई दर्शकहरुले पर्दामा पर्खिएको तीन वर्षभन्दा बढी भइसकेको छ । पछिल्लो पटक रिलिज भएको फिल्म ‘लभ स्टेशन’पछि उनका कुनै फिल्म प्रदर्शनमा आएका छैनन् । कोरोना महामारीभन्दा अगाडि उनले फिल्म ‘प्रेमगीत ३’को छायांकन सकेका थिए । तर, कहिले कोरोना महामारी त कहिले हिन्दी डबका कारण यो फिल्मको प्रदर्शनमा ढिलाई भएको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-05-04, बुधवार

यही बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘षट्कोण’को दोस्रो गीत सार्वजनिक भएको छ । बुधवार यूट्युबमा सार्वजनिक भएको शिर्ष गीतमा विराज गौतमको स्वर, बिशेष पाण्डे र बिराज गौतमको शब्द तथा कम्पोज छ । स्याड भर्सनको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता कार्म शाक्य मात्र फिचर्ड छन् । भिडियोमा उनको निराशा र छट्पटी देखाइएको छ ।

Results : 5665 - 5670 of 23775
Most Visited News (monthly)